• फाल्गुन २७ २०८२, बुधबार

पूर्वप्रधानमन्त्री सम्बद्ध पार्टीको कार्यालय नजिकै भयानक विष्फोट, अंगरक्षकको मृत्यु

मंसिर १६ २०७९, शुक्रबार

काठमाडौं ।  अफगानिस्तानका पूर्व प्रधानमन्त्री गुलबुद्दिन हेक्मात्यारसँग सम्बद्ध हिज्ब–ए–इस्लामी पार्टीको कार्यालय नजिकैको मस्जिदमा बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

‘हेक्मतयार भने  सुरक्षित छन्’ टिभी च्यानलले हेक्मत्यारका नजिकका नातेदार ओबेदुल्लाह बहिरलाई उद्धृत गर्दै  उल्लेख गरेको  छ ।

अर्को अज्ञात स्रोतले उक्त शक्तिशाली विस्फोटमा नेताका एक अंगरक्षकको मृत्यु भएको र दुई जना घाइते भएको टिभी च्यानललाई बताएको छ । विस्फोटको जिम्मेवारी भने अहिलेसम्म कुनै समूह वा व्यक्तिले लिएको छैन।