“जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी” । यो भनाई नेपाली भूमिमा परापूर्व कालदेखि उच्चारण हुँदै आएको हो । ‘जन्मदिने आमा र आफू जन्मिएको भूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ’ भन्ने अर्थबोध हुन माथिका भनाईले हामी नेपालीहरुको आमा र धर्तीप्रतिको सम्मान कतिको ओजनदार छ भन्ने कुराको उजागर गर्दछ ।
नेपाली जनसमुदाय भित्रका अधिकांश व्यक्तिलाई मानवजीजनमा सूर्यको प्रकाशको महत्वलाई सम्मान गर्दै विहानको पहिलो प्रहरमा नै सूर्यको उपासना गर्ने र सूर्यलाई सम्मान प्रकट गर्ने परम्पराबाट सनातन कालदेखि नै अभ्यस्त हुँदै आएका छन् । हामी नेपालीहरुले सम्मानका साथ आरधना गर्ने गरेको जल, जमिन, आगो र सूर्य मानिसको माग होइन चराचरी सम्पूर्ण प्रमणीहरुको जीवनकालका लागि अनिवार्य सर्त हो ।
पृथ्वीमा विद्ययमान यिनै प्राकृतिक स्रोतहरुको सन्तुलनले प्राणी जीवनको भविष्यवाणी निर्धारण गर्दछ । प्राकृतिक साधन स्रोतको सन्तुलन भनेको वातावरणीय सन्तुलन हो । वातावरणीय असन्तुलनले नै पृथ्वीमा विपत्ति पैदा गर्ने गर्दछ । जसका कारण पृथ्वी र पृथ्वीमा आधारित प्राणी जगत माथि नै विनासकारी प्रलय आइलाग्ने गर्दछ ।
प्राणी जगतमा सबैभन्दा चेतनशील र बौद्धिक प्राणीको रुपमा मानिसलाई मानिन्छ तर मानिसहरुद्धारा गरिएको भौतिक विकासहरुकै प्रमुखको कारण पृथ्वीको आयु छोटिंदै गएको तथ्य उजागार भएको छ । मानव समुदायबाट नै पृथ्वीको वातावरणलाई प्रदूषित बनाउने कार्य हुँदै आएको छ ।
वातावरण भन्नाले प्राकृतिक, साँस्कृतिक र सामाजिक व्यवहारिक प्राणीहरु आर्थिक तथा मानवीय क्रियाकलापहरु र त्यसका अवयव तथा अवयव बीचका अन्तरक्रिया तथा तथा अन्तरसम्बन्ध भन्ने बुझ्नुपर्छ । वातावरण भन्नाले आफ्नो वरपरको प्राकृतिक, साँस्कृतिक, सामाजिक र मानवीय अन्तरसम्बन्धित क्रियाकलाप र गतिशिलता नै हो भन्ने कोणबाट बुझ्ने गर्दा बढि व्यवहारिक होला भन्ने लाग्दछ ।
मानवीय चेतना जति विकसित हुँदै गयो त्यति नै तीव्रता साथ पृथ्वीमाथि आक्रमण हुन थाल्यो । मानव समाज आदिम साम्यवादी युगमा रहँदा प्रकृति विरुद्धको योगदानमा उनीहरुको सहभागिता थिएन । मानव समुदायले नै प्रकृति विरुद्धको संघर्षमा आफूलााई सहभागि गराएर अतिरिक्त उत्पादन गर्न थालेपछि वातावरण विरुद्धका अतिक्रमण पनि प्रारम्भ भएको मानिन्छ । मानव समुदायको पहिलोपल्ट आगोसँग परिचय भएपछि प्राकृतिक वातावरण विरुद्धको वातावरणले ठोस रुप लिएको हो ।
वर्तमान आधुनिक विश्वमा वातावरण विनासको विविध स्रोतहरुको विकास भएका छन् । वातावरणबाट अलग भएर हामी कोही पनि बाँच्न सक्दैनौं । वातावरणमा पर्ने नकरात्मक प्रभावले हाम्रो जीवन, पद्धति र स्वास्थ्यमा समेत नकरात्मक प्रभाव पर्ने गर्दछ । वातावरणलाई शुद्ध र सफा राख्न नसकेमा सम्पूर्ण प्राणी जगतको अस्तित्व खतरामा पर्न जान्छ । विश्वमा भएको कार्वनडाईअक्साइड उत्सर्जनलाई न्युनिकरण गर्न नलाग्ने हो भने वायु प्रदूषणको कारण मानव समु्दाय मात्र होइन सम्पूर्ण प्राणी जगतको अस्तित्व नास हुने टड्कारो आइरहेको छ ।
वातावरण प्रदूषण भन्नाले वायु प्रदूषण मात्र बुझ्दा प्राणी जगतलाई प्रतिककूल प्रभाव पार्ने अन्य विषयहरु आझेलमा पर्न जाने हुन्छ । त्यसैले वातावरण प्रदूषणको चर्चा गर्दा जल प्रदूषण, ध्वानी प्रदूषण, राजनैतिक प्रदूषण, बौद्धिक प्रदू्रषण, नीतिगत प्रदूषण, साँस्कृतिक प्रदूषण, सामाजिक प्रदूषण, आर्थिक प्रदूषण, चरित्रगत प्रदूषण, प्रशासनिक प्रदूषण समेतको चर्चा गर्नु आवश्यक छ ।
यी प्रदूषणमध्ये कतिपयले प्राणघातक प्रभाव पार्दछ भने कतिपयले व्यवहारिक, वैचारिक र मनोवैज्ञानिक रुपमा नकरात्मक असर पार्ने गर्दछ ।
वातावरण प्रदूषण भनेको खास रुपमा अनुकूलता विरुद्धको प्रतिकूलता हो । यस प्रकारका प्रदूषण जीवनामा, जगत्मा, शिक्षामा, स्वास्थ्यमा कुनै पनि जगतमा हुन सक्दछ । वर्तमान विश्व मानव समाजमा देखा परेका सत्रुतापूर्ण अन्तरविरोध रहेको कारक तत्व पनि वातावरण प्रदूषण नै हो भन्दा पनि उपयुक्त हुनेछैन ।
वर्ग विरोधी तत्वहरुद्धारा गरिने कपटपूर्ण खेलहरुबाट जमिन प्रतिकूल परिणामहरुको योग नै सत्रुतापरुर्ण व्यवहार हो । यस प्रकारको विश्व मानव समाजलाई द्धन्दमा धकेल्ने प्रदूषित कार्य विश्व सम्राज्यवादी शक्तिद्धारा प्रयोजित ढंगबाट भैरहेको छ । विश्व साम्राज्यवादी भूमण्डलीकरणको माध्यमबाट सिर्जित अतिक्रमणवादी व्यवहारको परिणामले उत्पन्न गरेको अनिष्टकारी वैचारिक र साँस्कृतिक व्यवहारले विश्व मानव समाजभित्र बिजारोपण गरेका विश्मयकारी चिन्तन प्रणालीले मान्छे मान्छेबीचको अन्तरसम्बन्धलाई सत्रुतापूर्ण बनाई दिएको छ ।
आधुनिक विश्वमा आर्थिक, राजनैतिक, सामाजिक, साँस्कृतिक, धार्मिक श्रोतहरुमा देखा परेका प्रतिकूल प्रदूषणको जन्मदाता आर्थिक उदारीकरणका नाममा विश्व साम्राज्यवादी भू–मण्डलीकरणको प्रभावबाट सिर्जना भएका हुन् । विश्व प्राकृतिक क्षेत्रमा भएको ती विगतको जलवायु परिवर्तनको मूल कारक तत्व पनि साम्राज्यवादी बहुराष्ट्रिय निगमको मानवता विरोधी गतिविधिबाट उत्पन्न भएका हुन् । बहुराष्ट्रिय निगमले खेलेको हरेक गतिविधिबाट विश्वमा पर्यावरणको विनासमा भूमिका निर्वाह गरेको छ ।
बहुराष्ट्रिय निगमले विश्वभरी नै प्राकृतिक स्रोतको दोहन गर्ने कार्य गरी रहेको छ । जसको कारण विश्वको जैविक विविधताको नष्ट भैरहेको छ । र पर्यावरणीय संकटमा बृद्धि भैरहेकोे छ । बहुराष्ट्रिय निगमको यस्तै व्यवहारको परिणाम स्वरुप विश्वभरिमा हरेक साल ६० लाख हेक्टर जमिन मरुभूमिमा परिणत भैरहेको छ ।
बहुराष्ट्रिय निगमद्धारा कर्पोरेट खेतीलाई प्रोत्साहन गरेका कारण खेतमा प्रयोगमा रहेको किटनाषक विषादी र रासायनिक पदार्थहरुको अत्याधिक प्रयोगका कारण माटोको उत्पादन शक्तिमा ह्रास भई बाँझो पल्टिने खतरा पैदा भएको छ भने खेत र बारीमा प्रयोग हुने विषादी र रासायनिक तत्वहरुको दुष्प्रयास मानव स्वास्थ्यमा समेत देखा पर्न थालेको छ र जैविक विविधताको समेत नष्ट हुन गई प्राकृतिक शक्ति र सौन्दर्यतामा ह्रास हुन पुगेको छ ।
विश्वमा औद्योगिक क्रान्ति सुरु भएपछि विश्व वातावरणमा प्रभाव घनिभूत रुपमा पर्न थालेको हो । उद्योगहरुमा प्रयोग हुने पेट्रोल, डिजेल, रासायनिक पदार्थहरुबाट उत्पन्न हुुने कार्वन उत्सर्जनबाट जलवायु परिवर्तनमा प्रतिकूल असर तिव्र गतिले हुन थालेको छ । विश्वमा कार्वन उत्सर्जनमा धेरै हिस्सा ओगट्नेमा ठूला र शक्तिशाली राष्ट्रहरु नै हुन् । विश्वमा आणविक हतियारहरुको निर्माण गर्ने र त्यस्ता हतियारहरुको ओसार पसार व्यापार भनौं ठूला औद्योगिक राष्ट्रहरु अमेरिका, फ्रान्स, बेलायत, जापान, जर्मन र युरोपियन राष्ट्रहरु नै अग्रणी भागमा पर्दछन् ।
औद्योगिक क्षेत्रबाट उत्पन्न हुने रासायनिक ग्याँसहरु र आधुनिक हतियारका प्रयोगले आधुनिक विश्वलाई तहसनहस बन्ने कार्यमा शक्ति राष्ट्रहरुको भूमिका अग्रणी हुँदै आएको छ । जसका कारण उत्पन्न परिणामको सिकार विश्वका साना र गरिव जनता हुन परिरहेको अप्रिय दृष्य विश्व जगतले देखिरहेको छ । र यसबाट उत्पन्न परिणामहरुका सिकार पनि भैरहेको छ ।
जलवायु प्रदूषणको कारण अन्तरिक्षमा ओजन तहमा प्वाल परेको समाचार धेरै पहिले प्रशारण भैसकेको छ । समुन्द्रको पानीमा तेजाव घुलिंदै गएको छ । वातावरणमा नाइट्रोजन र फस्फोरसको चक्र असन्तुलित भएको छ । पृथ्वी तीव्र गतिले तातिने क्रम बढिरहेको छ । हिमालको हिउँ तीव्र गतिले पग्लिएर सामुन्द्रिक पानीको सतह बढिरहेको छ । जलवायु परिवर्तनकै कारण कतै अनावृष्टि, कतै अतिवृष्टि कतै खण्डवृष्टिको कारण बाढी पहिरोको प्रकोपले धनजनको क्षति बढ्दै गएको छ ।
विश्वमा आधुनिक उत्पादन प्रणाली प्रारम्भ भएको १७५० देखि अहिलेसम्म वातावरण प्रदूषण गर्ने कार्यमा धेरै भन्द धेरै कार्वन उत्सर्जन गरेर योगदान गर्ने राष्ट्र भई ठूलो शक्ति राष्ट्र हुनुमै पर्दछ । क्योटो प्रोटोकलका अनुसार ठूला राष्ट्रहरुले कार्बन उत्सर्जको मात्रा ५.२% ले नबढाउने बचनबद्धता जाहेर गरेका थिए तर त्यो वचन कसैले पुरा गरेन जलवायु परिवर्तनको असर स्वरुप हरेक साल ५ वर्षमुनिका एक करोड बालबालिकमा, खोकी, झाडापखाला र श्वासप्रश्वासको बिरामीको कारण ज्यान गुमाउन बाध्य छन् । वायु प्रदूषणकै कारण हरेक वर्ष २४ लाख भन्दा बढी मानिसले ज्यान गुमाइरहेका छन् ।
वातावरण प्रदूषणका कारण क्यान्सर र सफरोगीको विरामीको संख्या पनि बृद्धि भइरहेको छ । यी सबै पर्यावरण प्रदूषण र खराब आर्थिक, सामाजिक नीतिको दुष्प्रभावको कारणले भएको हो ।
विश्वमा औद्योगिक विकासको प्रक्रियाले गति लिँदा नाफाको निम्ति गरिने होड्बाजीले कमनिसमा बृद्धि भएको विवकहीनताको प्रमाण स्वरुव पैदा भएको प्रतिकूल वातावरणको असरले मानव समाजको चौतर्फी रुपमा क्षति पु¥याएको छ ।
शक्ति राष्ट्रहरुको बीचमा हने स्वार्थको टकरावको कारण पैदा भएका युद्धहरुमा प्रयोग भएका आणविक क्षेप्यास्त्रहरु र रासायानिक ग्याँसको दुष्प्रमाण पनि विश्व मानव समाजमा पर्न गएका विविध खाले स्वास्थ्य समस्याहरु देखा परेको विभिन्न संचार माध्यमले उजागर गरिरहेका छन् ।
विश्वमा जलवायु परिवर्तनको कारणले कयौं प्रकारका जीवजन्तुहरु र कयौं प्रकारका जडिबुटीजन्य वनस्पतिजन्य लोप भैसकेको छ भने पानीको मूल समेत सुकेर गएका छन् । हिमालको हिउँ पग्लिएर हिमाल नाङ्गो हुने, हिमपहिरो जाने, हिमताल फुट्ने र सुक्खा पहिरो जाने तथा पानी मुहान प्रदूषित हुने समस्या निरन्तर बढिरहेको छ । प्रदूषित खाना आनाले कयौं प्रकारका स्वास्थ्य समस्याहरु श्रृजना भैरहेका छन् ।
वातावरण प्रदूषणको दुष्परिणामको विवेचना गरेर साध्य छैन । यो सम्पूर्ण पृथ्वीमा वातावरण प्रदूषणको कारण पैदा भएको समस्याहरुले एकतः यो सिंगै पृथ्वीको बिनास गरिरहेको छ भने अर्कोतिर पृथ्वीमा आधारित जीवनन्तु र जैविक विविधताको बिनास गरिरहेको छ । वातावरण प्रदूषणबाट उत्पन्न भएको जलवायु परिवर्तनले सिंगै प्राणी जगतलाई कष्टकर बनाइदिएको छ ।
प्रदूषणको मात्र चर्चा गर्ने हो भने मानिसको जीवनमा आन्तरिक र बाह्य दुबै हिसाबले क्षति पु¥याई रहेको छ । वातावरण प्रदूषणको कारण मानव जगतको सम्पूर्ण क्षेत्र असन्तुलित भएको छ । मानिसको शारिरिक, मानसिक, सामाजिक, सांस्कृतिक, व्यवहारिक सबै पक्षलाई वातावरण प्रदूषणले असर गरेको छ ।
यो वातावरण प्राणी जगतका हित विपरीत बन्नुमा मुख्य दोष मानव जातिकै भएको यथार्थ हामी कसैले भुल्न हुँदैन । हामी मानिसकै आनीबानी र व्यवहारको कारण प्राकृतिक वातावरणमा नकरात्मकताको विकास भएको हो । संसारमा विकास र प्रगतिको नामले गेको वैज्ञानिक गतिशिलताबाट उत्पन्न परिणामहरुबाट नै प्राकृतिक वातावरणमा परेका प्रतिकूल प्रभावहरुले जलवायु परिवर्तनको समस्यालाई निम्तयाएको हो ।
जलवायु परिवर्तनको दुष्प्रभावबाट पृथ्वीको कुनै पनि क्षेत्र सुरक्षित छैन भन्ने कुरा यसबाट उत्पन्न परिणामहरुले उजागर गरिरहेका छन् ।
गतसाल मात्र वातावरण प्रदूषणको कारण अमेरिकाको कोलोराडोको समुद्री जीवजन्तु करोडौँको संख्यामा बिनास भएको सामाचार जारी भएको थियो । त्यस्तै वातावरण प्रदूषणको कारण उत्पन्न जलवायु परिवर्तनले ल्याएको विनासकारी बाढी, पहिरो, भूक्षयीकरण र विविध कारणको स्वास्थ्य समस्याबाट विश्व मानव समाज आक्रान्त भइरहेको घटना दैनिक रुपमा बाहिर आइरहेका छन् । यसपाली पनि बाढी पहिरोका कारण विश्वका करोडौं मानिस प्रभावित भएको समाचार आइरहेका छन् ।
पाकिस्तानको एक तिहाई भूभागमा बाढी पहिरोले क्षति पु¥याएको र हजारौँ मानिसले ज्यान गुमाएको समाचार आएको छ । यस प्रकारको घटनाहरु हरेक वर्ष विश्वव्यापी रुपमा हुँदै आएको छ ।
नेपाल आफै पनि जलवायु परिवर्तनबाट उत्पन्न दूष्परिणामहरको शिकार बन्दै आएको कुरा कसैबाट छिपेका छैन । नेपालको विश्व प्रख्यात हिमालको हिउँ पग्लिदै जाँदा चट्टान देखिन थालेको दुःखद समाचार आइरहेका छन् भने कयौं नदीहरुका मूल सुकेर गएका छन् । यदि यहि गतिमा वातावरण प्रदूषण हुँदै जाने हो र यसप्रति विश्व मानव समाजले सचेतनापूर्ण रुपमा ध्यान दिएर यस प्रकारको समस्यालाई अन्त्य गर्नका लागि वातावरण प्रदूषणलाई न्यूनिकरण गर्ने र जतिसक्दो छिटो कार्वन उत्सर्जन कार्यलाई नघटाउने हो भने छिटो भन्दा छिटो यो संसारबाट प्राणीजगतको अस्तित्व लोप हुनबाट कसैले रोक्न सक्दैन ।
विश्वमा हरियाली बृद्धि गरेर पृथ्वीको तापक्रम घटाउनतिर विश्व मानव जगतले अभियान चलाउन अत्यन्त जरुरी छ । पृथ्वी बाँचे मात्र प्राणीजगतको अस्तित्व सम्भव छ । त्यसैले हामी सबैले पृथ्वी बचाऔं अभियानमा सहभागी हुन अघि बढौं ।