• फाल्गुन २७ २०८२, बुधबार

अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनलाई कोभिड–१९ सङ्क्रमण

मंसिर १५ २०७९, बिहीबार

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले बुधबार आफूलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको बताएका छन् । ७६ वर्षीय क्लिन्टनले हल्का लक्षणहरू अनुभव गर्नुभएको तर घरमा आफूलाई व्यस्त राखेको ट्वीटमार्फत बताए ।

खोप र बुस्टर मात्रासम्म लगाएका सबैलाई विशेष गरी जाडो मौसममा सर्तक रहन उनले आग्रह गरेका छन् ।