• असार ३ २०८२, मंगलवार

सुनको मूल्य फेरि बढ्यो, कतिमा भइरहेछ कारोबार ?

मंसिर १५ २०७९, बिहीबार

काठमाडौं । साप्ताहिक कारोबारको पाँचौं दिन आज (बिहीबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार १०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ कायम भएको छ।

यसअघि बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो। बुधबार छापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।

बिहीबार चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेर प्रतितोला १ हजार ३३० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेर प्रतितोला १ हजार २९० रुपैयाँमा किनबेच भएको थियो।