वीवी श्रेष्ठ,
लोकतन्त्र प्राप्तिपछि गणन्त्र प्राप्तिका लागि जनयुद्ध लडेको माओवादी र त्यसपछि गणतन्त्र नै अवको विकल्प सोचेको नेपालको राजनीतिक दलहरूको साझा आन्दोलनपछि गणतन्त्र संस्थागत भयो ।
मुलुक संस्थागत गणतन्त्रमा अगाडि बढ्यो । यो विचमा विभिन्न घटना घटेपनि संविधान निर्माण गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक शासन व्यवस्थामा दलहरू अगाडि बढे । जुन शासन व्यवस्थामा हामी छौ ।
फेरिएको शासन व्यवस्थालाई अंगिकार गरेको पनि मुलुकमा धेरै वर्ष वितिसकेको छ । अबको राजनीतिक पार्टीहरूको विचार र दृष्टिकोण के त ? गएको चुनावमा पनि विचार र सिद्धान्त विहिन बनेर चुनावमा होमिएको राजनीतिक सबै दलहरूको अहिलेको चुनावी नारा भनेको समृद्ध नेपाल हो ।
जुन राजनीतिक दलले जे भने तापनि सबैको सार देशको विकास र जनताको समृद्धि नै हो । यही विचमा घोत्लिएको राजनीतिक दलहरू विभिन्न वादमा आश्रित बने पनि चुनावमा भने ठोस कार्यनिती र विचार प्रस्तुत गर्न सकेनन् ।
नेपालको राजनीति कम्युनिष्ट विचारधारा र लोकतान्त्रिक विचारधारामा अगाडि बढे तापनि अहिलेको चुनावमा भने भिन्न देखिएन । कारण थियो, वाम लोकतान्त्रिक गठवन्धन ।
केपी ओली सरकारले संसद विघटन गरेपछि देखिएको मोर्चावन्दी चुनावसम्म कायम रह्यो । फरकफरक विचारधारा बोेकेका राजनीतिक दलको गठवन्धनले साझा घोषणापत्र के बनाउने भन्ने अलमलमा परेका राजनीतिक दलहरू विनाएजेण्डा चुनावमा होमिए ।
नेपालको सन्दर्भमा अवको प्रतिस्पर्धा भनेको लोकतन्त्र कि समाजवाद भन्नेमा नै केन्द्रित छ । देश अब ध्रुवीय राजनीतिमा विभाजित वनेता पनि अबको प्रतिस्पर्धा भनेको कम्युनिष्ट शासन व्यवस्था कि लोकतान्त्रिक व्यवस्था भन्ने नै हो ।
यहि विभक्त विचारधारामा होमिएको नेपालको राजनीति अहिलेको आमनिर्वाचनमा भने केही फरक देखियो । जुन विचारधारामा आश्रित नभई यहि राजनीतिक दलहरूले अंगीकार गरेको शासन व्यवस्थामा युवाको हस्तक्षेप नै हो ।
विचार र सिद्धान्त अबको राजनीतिमा सवैको समान देखिए तापनि त्यसले दिने ठोस परिणाम भने देखिदैन । दलवदलको हुण्डरी र राजनीतिमा साम, दाम दण्ड, भेदको अस्त्रलाई नयाँ उदय भएको राजनीतिक पार्टीको जितले राजनीतिमा नयाँ कोर्सको सिर्जना भएको छ ।
सिद्धान्त र विचारको दृष्टिकोणमा खासै फरक नभएको नयाँ शक्तिको उदयले नेपालको राजनीति कागजी हैन, व्यवहारिक कार्यन्वयनमा जोड दिएको पाइन्छ ।
आफूलाई लोकतान्त्रिक दावी गर्नेहरूको रवैया सामन्ती प्रवित्ती भन्दा फरक नहुनु नै नयाँ शक्तिको उदय हो । जसले आम नेपालीको प्रतिनिधित्व गरेको छ ।
नेपालको राजनीतिलाई नजिकबाट नियाल्ने हो भने पछिल्लो दशकदेखि शक्ति, सत्तामा केन्द्रित बनिदियो । गणतन्त्रको अभ्यास र त्यसले अंगीकार गरेको शासन व्यवस्थामा टेकेर राजनीति दलले गरेको व्यवहार सह्यै हुन सकेन ।
जनतालाई विवेकहिन सोच्ने प्रवृत्ति र जे गरे पनि हुन्छ भन्ने प्रवृत्ति मौलाउँदा अहिलेको चुनाव राजनीतिक दलका लागि कासेढुङ्गा साबित बनिदियो । जनताको इच्छा र आंकाक्षा भन्दा पनि जनविरोधी काम गर्ने र जनतालाई रैती सम्झने परिपाटीले अन्तत नेपालको राजनीतिलाई जर्वजस्त विचार र सिद्धान्तमा अभ्यस्त बनाउन बाध्यता थोपरेको छ ।
शासन व्यवस्था परिवर्तन गर्न जनयुद्धमा होमिएको माओवादी र यही शासन व्यवस्था टिकाउन खेलेको राजनीतिक दलको गठजोडले अन्ततः नेता र नेतृत्व के चाहन्छन् भन्ने कुरा पुष्टि भएको छ ।
विचारमा समानतामा गठजोड आवश्यकता भएता पनि फरक धुव्रमा उभिएको राजनीतिक दलहरू पनि सत्ता र शक्ति प्राप्तिका लागि गरिएको गठवन्धन नेपाली कांग्रेस, माओवादी र समाजवादीको लागि अभिसाप बनिदियो ।
संख्यात्मक रूपमा नेपाली काग्रेसलाई संसदीय गणतन्त्रमा केही उकेसो लागेता पनि गठवन्धनको मर्मले अवको राजनीति नेपालको पुरातनवादी सोच बोकेको राजनीतिक दलमा मात्र सिमित छैन भन्ने कुरा साबित गरिदियो ।
गठवन्धन के का लागी ? गठवन्धनकर्ता राजनीतिक दलहरूले ठोस जवाफ दिन नसक्दा, देशमा आर्थिक रूपमा कमजोर भईरहँदा, भष्ट्राचार मौलाइरहँदा, रोजगारीको अवसर सिर्जना नहुँदाको विकल्प अहिलेको चुनावमार्फत् जनताले प्रस्फुटन गरेका छन् ।
अबको राजनीतिमा हिजोको जस्तो यहि राजनीतिक संस्कारवाट हिड्न कदापी सम्भव छैन । राष्ट्रिय स्वतन्त्र पार्टीको जर्वजस्त उदय, स्वतन्त्र उम्मेदवारको विजय, स्थानिय तहमा स्वतन्त्र उम्मेदवारको विजयले पनि अवका पुराना राजनीतिक दलहरू कि त सच्चिन सक्नु पर्दछ, न त जनताबाट तिरस्कृत हुनुपर्ने देखिन्छ ।