• मंसिर १३ २०८१, बिहीबार

चीनमा एकैदिन ४० हजारभन्दा बढी कोरोना संक्रमित, राष्ट्रपतिको सीको राजीनामा माग गर्दै भव्य प्रदर्शन

मंसिर १२ २०७९, सोमबार

बेइजिङ । चीनमा पछिल्लो चौँबीस घन्टामा एकैदिन ४० हजार तीन ३४ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् । उनीहरूमध्ये तीन हजार आठसय २२ जनामा लक्षण देखिएको छ भने बाँकीमा लक्षण नदेखिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

सरकारको कोभिडसम्बन्धी कडा नीतिका बाबजुद संक्रमितको संख्या ह्वात्तै बढेको हो । सरकारको कोभिड नीतिलाई लिएर राष्ट्रपति सी जिन्पिङको राजीनामा माग गर्दै देशका मुख्य सहरमा विशाल प्रदर्शन गरिएको छ ।

राजधानी बेइजिङ र वित्तीय हब सांघाइमा जम्मा भएका सयौँ प्रदर्शनकारीहरूले राष्ट्रपति सीको राजीनामा माग गरेका हुन् । उरुम्चीस्थित एक अपार्टमेन्टमा भएको आगलागीमा १० जनाको मृत्युपछि चीनमा कोभिड निषेधाज्ञाविरुद्ध प्रदर्शन सुरु भएको हो ।