• मंसिर १२ २०८१, बुधबार

न्युजिल्याण्डद्वारा भारत ७ विकेटले पराजित

मंसिर ९ २०७९, शुक्रबार

काठमाडौँ  । तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा न्युजिल्याण्डले भारतलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर न्युजिल्याण्डले भारतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

कप्तान तथा ओपनर शिखर धवनको ७२ रन, शुभमन गिलको ५० रन र श्रेयस अय्यर ८० रनको अर्धशतकीय इनिङ्समा भारतीय टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३०६ रन बनाएको थियो ।

त्यस्तै टिम साउथी र लोकी फर्गुसनले ३र३ विकेट लिए । यस खेलबाट उमरान मलिक र अर्शदीप सिंहले भारतीय टोलीका लागि एकदिवसीय डेब्यू गरेका थिए ।

लक्ष्य पछ्याएको न्यूजिल्याण्डले २० ओभरमा ८८ रनमा तीन विकेट गुमाएको थियो । यसपछि कप्तान केन विलियम्सन र टम लाथमको जोडी पिचमा रहे र ४८ औं ओभरको पहिलो बलमा अन्तिमसम्म आउट नभई टोलीलाई जित दिलाए ।

दुवैले चौथो विकेटका लागि २२१ रनको अविजित साझेदारी खेले। कप्तान केन विलियम्सनले अविजित ९४ रन बनाए भने लाथमले अविजित १४५ रन बनाए । यो जितसँगै न्युजिल्याण्डले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।