• फाल्गुन २७ २०८२, बुधबार

रुसमाथीका अवरोधहरु हटाइए युराेपलाई रासायनिक मल दिन आफू तयार रहेको पुटिनको भनाई

मंसिर ८ २०७९, बिहीबार

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार आफ्नो सरकार मलको आपूर्ति विस्तार गर्न तयार रहेको बताएका छन् । उनले यस क्षेत्रका सबै साझेदारसँग मिलेर काम गर्न तयार रहेको बताए ।

‘रूसी मलको निर्यातमा केही देशहरूले कृत्रिम अवरोधहरू सिर्जना गरेका छन्, जसले विश्व बजारमा नकारात्मक प्रभाव पारिरहेको छ,’ पुटिनले खनिज उत्पादन र व्यापार आयोगका अध्यक्ष दिमित्री माजेपिनसँगको भेटमा भने ।

विभिन्न रूसी कम्पनीहरूले उत्पादन गरेका चार लाख टनभन्दा बढी मल प्रतिबन्धका कारण युरोपेली बन्दरगाहहरूमा हाल थुनिएको भेटमा माजेपिनले पुटिनसँग बताए ।

उनले भने, “यो अवस्था वास्तवमै कठिन छ । सबै कम्पनीले यो समस्या भोगिरहेका छन् । हामीले विभिन्न तरिकाले समस्या समाधान गर्ने प्रयास गर्यौं ताकि विशेष गरी अफ्रिकी देशहरूसहित विकासशील बजारहरूको लागि बनाइएको मलहरू आपूर्ति गर्न सकियोस् ।”

रुसी अधिकारीहरू संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस र विभिन्न अफ्रिकी देशका नेताहरूसँग सम्पर्कमा रहेको पुटिनले बताए ।