• फाल्गुन २७ २०८२, बुधबार

राजनीतिक अस्थिरताकाबीच पाकिस्तानको सेनापतिमा असिम मुनीर नियुक्त

मंसिर ८ २०७९, बिहीबार

काठमाडौं । पाकिस्तानमा नयाँ सेनापति नियुक्त भएका छन् । लेफ्टिनेन्ट जनरल असिम मुनीर बिहीबार पाकिस्तानको नयाँ सेना प्रमुख (सीओएएस) को रूपमा नियुक्त भएका हुन् । गत हप्तादेखिको विभिन्न अनुमानका बीच आज उनको नियुक्ति भएको हो ।

‘पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शाहबाज शरीफले संवैधानिक अधिकार प्रयोग गर्दै लेफ्टिनेन्ट जनरल साहिर शमशाद मिर्जालाई संयुक्त चिफअफ स्टाफको अध्यक्ष र लेफ्टिनेन्ट जनरल सैयद असिम मुनीरलाई सेना प्रमुखको रूपमा नियुक्त गर्ने निर्णय गरेका छन्’ पाकिस्तानी सूचना मन्त्री मरियम औरंगजेबले ट्वीट गरेकी छन् ।

सो निर्णयको बोधार्थ पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीलाई पठाइएको छ । पाकिस्तानमा इमरान खानलाई पअदस्त गराएर अमेरिका समर्थित सरकार गठन गरिएको थियो । केही समयअघि खानलाई गोली हानेर घाइते बनाइएको छ ।