• मंसिर १२ २०८१, बुधबार

अर्जेन्टिनालाई पराजित गरेको खुसीमा साउदी अरेबियामा बिदाको घोषणा

मंसिर ७ २०७९, बुधबार

एजेन्सी  फिफा विश्वकपको खेलमा दुई पटकको विश्व च्याम्पियन अर्जेन्टिनालाई पराजित गरेको खुसीमा साउदी अरेबियामा बिदाको घोषणा गरिएको छ ।  साउदी अरेबियाको जितको खुसीमा राजा सलमानले बुधबार बिदाको घोषणा गरेका छन् ।

यो बिदा सरकारी तथा निजी क्षेत्रका सबै कर्मचारी र विद्यार्थीका लागि हो । फिफा विश्वकप अन्तर्गत मंगलबार भएको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गरेको छ । खेलको १० औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

उनले साउदी अरेबियाविरुद्ध पेनाल्टीमा गोल गरेका थिए । यो गोलसँगै अर्जेन्टिनाले खेलमा १–० को अग्रता बनाएको थियो । अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले दोस्रो गोल गरे तर रेफ्रीले त्यसलाई अस्वीकार गरेका थिए । तर साउदी अरेबियाले खेलको ४८ औँ मिनेटमा पहिलो गोल गर्दै खेल बराबरी गरे । साउदीका लागि सालेह अलसेहरीले गोल गरे । ५३ औं मिनेटमा सलेम एल्डसारीले दोस्रो गोल गरेका थिए ।