• मंसिर १२ २०८१, बुधबार

दिवङ्गत पितृका नाममा शतबीज छर्ने दिन आज ‘बालाचतुर्दशी’

मंसिर ६ २०७९, मंगलवार

दिवङ्गत पितृका नाममा आज शतबीज छरेर सोमबार बालाचतुर्दशी मनाइँदैछ । हिन्दू धर्म अन्तर्गत पर्ने थुप्रै चाडपर्व मध्ये बालाचतुर्दशी पर्वको छुट्टै एवं विशिष्ट महत्व रहेको पाइन्छ ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीको बिहान शतबीज छर्ने हिन्दु परम्परा छ । पशुपतिनाथ मन्दिर क्षेत्र लगायतका विभिन्न धार्मिक शिवालयहरुमा लाखौं भक्तजन बिहानैदेखि शतबीज छर्ने गर्दछन् । सोमबार बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको चहलपहल सुरु भएको थियो । रातभर जाग्राम बसेका भक्तजनले चतुर्दशीका दिन बिहानैदेखि दिवङ्गत पितृको कामना शतबीज छर्ने परम्परा छ ।

बालाचतुर्दशीमा शतबीज छर्ने परम्परा छ । नेपालीमा ’शत’को अर्थ सय र ’बीज’को अर्थ बीउ हुन्छ । यसरी शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ । पितृहरूको सम्झनामा दीप प्रज्वलन र शतबीज छर्नाले पितृ दोषबाट मुक्ति मिल्ने हिन्दु धर्मावलम्बीमा जनविश्वास रहँदै आएको छ ।

शत बीजमा ७ अन्नको प्रयोग गरिन्छ । धान, गहुँ, मास, मुँगी, कागुन र सामाको बिउ मात्र होइन, कुनै कुनै ठाउँमा कागती, निबुवा, सुन्तला, स्याउ, उखु, अम्बा, केरासहित तिल, चना, मकै पनि शत बीजमा प्रयोग गर्ने गरिन्छ ।