विश्वकप फुटबलमा इक्वेडरले आयोजक कतारविरुद्ध पहिलो हाफमा २-० गोलको अग्रता लिएको छ । इक्वेडरका लागि एनर भ्यालेन्सियाले दुई गोल गरे । भ्यालेन्सियाले खेलको १६ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै टिमलाई अग्रता सुरुवाती दिलाएका थिए ।
खेलको ३१ औं मिनेटमा भ्यालेन्सियाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारेका हुन् । यसअघि खेलको दोस्रो मिनेटमा पनि भ्यालेन्सियाले गोल गरे पनि त्यसलाई भिडियो एसिस्टेन्ट रेफ्रीले रद्द गरेको थियो ।