काठमाडौं । आयोजक कतार र इक्वेडरबीचको खेलसँगै आइतबारबाट २२ औँ विश्वकप फुटबल प्रतियोगिताको आयोजना हुँदैछ।
६० हजार दर्शक क्षमता रहेको अल बायत स्टेडियममा कतार र इक्वेडरबीचको हुने उद्घाटन खेल खेल्नुअगाडि नै शंकाको घेरामा धकेलिँदा दुवै टिममाथि दवाव बनेको छ। समूह ‘ए’ अन्तर्गतको हुने पहिलो खेल राति ९:४५ मा सुरु हुनेछ। आयोजक कतारले पहिलो पटक विश्वकप खेल्दै गर्दा इक्वेडरको भने यो विश्वकपमा चौथो संस्करण हो।
आयोजक राष्ट्रको रूपमा कतार विश्वकपमा सोझै छनोट पाएसँगै उसले आफूलाई आयोजकका रूपमा बलियो बनाउनु पर्ने चुनौती रहनेछ।
कतार विश्वकपको डेब्यु खेलमै जित निकाल्ने कतारको चाहनामाथि इक्वेडरको दवाव भने रहने छ।
कतार एएफसी एसियन कप २०१९ को च्याम्पियन बनेसँगै विश्वकपमा उसले दवाव दिन सक्ने आँकलन गरिएको छ। यद्यपि दक्षिण अमेरिकी राष्ट्रविरुद्ध स्वाभाविक दवाव भने हुनेछ।
इक्वेडरले यसअघि जर्मनीमा भएको २००६ को विश्वकपमा समूहचरण पार गरेको थियो। त्यसैले ऊ कतारविरुद्ध आफ्नो पूरानो विरासत फर्काउनका लागि विजयी सुरुवात गर्नुपर्ने दवाव रहने छ।