• मंसिर ११ २०८१, मंगलवार

सहकारीमा आकर्षण भएर पनि बचत गर्न कन्जुस्याइँ किन ?

मंसिर २ २०७९, शुक्रबार

घोराही, २९ कार्तिक ।
साझेदारी बतथा ऋण सहकारी संस्थाले २०औँ साधारणसभा गर्दा सैयौंको उपस्थिति थियो । सभाहलमा खचाखच हुँदापनि नअटाएकाहरु गेट र बाहिरसम्मै बसेका थिए । त्यहिँँबाट सुने र नास्ता खाए । गेट नजिकै बसेका कर्मचारीले हाजरी गराएर यातायात खर्च दिए । ‘सहकारी शिक्षा र तालिम सबैलाई आवश्यक छ’ संस्थाका अध्यक्ष मोतीलाल केसीले भन्नुभयो, ‘तालिम राख्छौँ । उपस्थित हुनुहोला । हामी तालिम दिन तयार छौँ ।’

उहाँले शेयर सदस्यलाई कर्जा दिएको जति सकिन्छ दिएको फिर्ता नगरेको बताउनुभयो । उहाँले सहकारी शिक्षामा उपस्थित गराउन जोड दिनुले बुझाउन बाँकी रहेको स्पष्ट हुन्थ्यो । सहकारी डुब्दापनि राज्य जमानी बस्दैन । संकटमा परेका सहकारी उत्थानका गर्न राज्यले फन्डा बनायो भने त्यहीँबाट कर्जा लिएर सहकारी बद्नाम हुनबाट जोगिन्थ्यो कि ? भनेर वक्ताहरुले सुझाव दिएका थिए ।

त्यस सहकारीले अधिकतम १८ प्रतिशत लाभांसश बाँडेको थियो । जसअन्तर्गत अधिकतम् ३७ हजारदेखि न्यूनतम ३० रुपैयाँ सम्म कारोबारका आधारमा पाएका थिए । यसलाई उच्च स्तर भनियो । त्यहि सूचकांक लगायतका आधारमा राष्ट्रिय सहकारी बैंकका शाखा डिल्लीराज दाहालले टप सहकारीमा पर्छ भनेर टिप्पणी गर्नुभयो । शेयर पुँजी अलिकत कम भएको टिप्पणी गर्नुभयो ।

नियमित बचत गराउन उक्साउने खालका अभिव्यक्त दिनुभयो । उहाँले तरलता उत्कृष्ट, स्थायी सम्पती ५ प्रतिशत एकदम उत्कृष्ट कारोबार व्यालेन्स उत्कृष्ट भन्दै प्रशंसा गर्नुभयो । शेयर पुँजी सात–आठ प्रतिशत मात्रै रहेकोले १० प्रतिशत नघाउन सुझाव दिनुभयो । लक्ष्य हासिल सबै भन्दा कम ६१ प्रतिशत मात्रै छ । त्यसको तुलनामा बचत संकलन ९२ प्रतिशत बढि देखाइएको थियो ।

यति गरेपनि पछि स्थापना भएका सहकारीले उछिनेका छन् । आधारै नभएका सहकारी भेट्ने अवस्थामा पुगेको प्रमुख दाहालको भनाई थियो । उहाँले भनेजस्तै सटर बन्द गरेर भागेका सहकारी पनि छन् । घोराही बजारका गल्ली गल्लीमा सहकारी छन् । कसैका बचत संकलक छैनन् । केही सटर बन्द गरेर मोबाइल फोन नलाग्ने बनाएका छन् । केहीले सामाजिक उत्तरदायित्वका काम गरेका छन् । त्यसमा जलजला बचत तथा ऋण सहकारी संस्था घोराही–१४ अग्रस्थानमा मानिन्छ । उसले कोभिडमा राहत, विपन्नलाई घर बनाइदिने, पूर्ण सरसफाइ गर्न सडक सफा गर्ने लगायत अनेक काम गरेको छ ।

यसैगरी जनएकता सहकारीले पनि नियमित रक्तदान, बृद्धाश्रम र बालआश्रमलाई सहयोग लगायतका लोककल्याणकारी काम गरेर सामाजिक छवि बनाएका छन् । तामा बढेको जस्तो आफै ठडिन नसक्ने गरिपनि बढ्नु नुहने जिल्ला सहकारी संघका गोविन्दप्रसाद शर्माको भनाई छ । उहाँका अनुसार लगानी छाडा छोडे असुलीमा समस्या आउँछ । अहिले बचत गर्ने बुढेसकालमा निकालेर खाने हो । त्यसैले नियमित बचत गर्नुपर्छ । बैंकको साधारण सभा हुँदैन, घाटा नाफाको हिसाव देखाउँदैनन्, बोनस दिँदैनन्, भ्रमणमा लैजाँदैनन, वित्तीय साक्षरता चलाउँदैनन् त्यसैले सहकारीमै जम्मा गर्नुपर्छ । सबैले नियमित बचत गर्नु अत्यन्त आवश्यक छ ।

त्यही हलमा गत असोज एक गते हातेमालो बचत तथा ऋण सहकारी संस्थाले १३औँ वार्षिक साधारण सभा गरेको थियो । घोराही उपमहानगर सहकारी तथा राजगार शाखाका तत्कालिन प्रमुख होमलाल भुषालले उत्कृष्ट पाँचमा परेको बताउनु भएको थियो । घोराहीका एक सय ८८ मध्ये त्यो स्थान हासिल गर्नु मोडेल नै हो । कुनै पनि कर्जाले भाखा नाघेको थिएन ।

त्यसबेला पनि नियमित बचतकै प्रश्न उठाइयोे । यसको अर्थ सहकारीले विश्वसनियता गुमाएका छन् । जानकारहरुका अनुसार भाग्यो भने हराउँछ कि भन्ने डर छ । बचत गरिरहेको सहकारी एकाएक बन्द भएका धेरै उदाहरण छन् । तिनलाई खोज्न राज्यले उदासिनता देखाउँछ । एउटा स्थानीय तहमा कार्यक्षेत्र भएका सहकारीलाई त्यसैले नियमन गर्न वर्तमान शाखाप्रमुख प्रेम केसीको भनाई छ । उहाँका अनुसार घोराही उपमहानगरपालिकाले सहकारी ऐन २०७४ लागु गर्दैछ ।

त्यसलाई सहकारी मत्रै बनाउन चाहेको छ । त्यसका लागि सबैसँग छलफल र सुझाव संकलन गर्ने छ । ‘सबैले हातेमालो गरौँ’ केसीले भन्नुभयो, ‘घोराहीलाई सहकारी मैत्री बनाऊँ ।’ त्यसैमा सरकार बचतकर्ताको जमानी बस्ने, बचत हिनामिना गर्ने सञ्चालकलाई कानुनी कार्वाही गर्ने र सहकारीले गर्ने लगानीलाई सुरक्षित ठाउँमा गरे नगरेको जानकारी लिने व्यवस्था गर्न जरुरी छ । ढुक्क हुने वातावरण नबन्दासम्म नियमित बचत गर्न सक्ने देखिँदैन ।