काठमाडौं । नेपाल–चीन सीमानाका रसुवाबाट डेड करोड रुपैयाँ बराबरको अवैध मदिरा र चुरोट बरामद भएको छ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बीओपी) टिमुरेको टोलीले रसुवा सीमा क्षेत्रको अस्थायी ड्राइपोर्टमा राखिएको अवस्थामा बिहीबार महङ्गो विदेशी मदिरा र चुरोट बरामद गरेको हो।