काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धी अचेल ‘भारत जोडो यात्रा’ अभियानमा छन् ।
गान्धीले सञ्चालन गरेको अभियान अन्तर्गत बुधबार महाराष्ट्रको वासिम भन्ने स्थानमा सो अभियान अन्तर्गत आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय गीत बजाइएको भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
कार्यक्रम शुरु गर्नुअघि भारतीय राष्ट्रिय गित बजाउन खोज्दा नेपाली राष्ट्रिय गीत सयौं थुङ्गा फुलका हामी बझ्न पुगेको हो । नेपाली राष्ट्रिय गीत बजेपछि राहुलले राष्ट्रिय गीत बजाउन निर्देशन दिएको भिडियोमा देख्न सकिन्छ ।
त्यसपछि भने भारतको राष्ट्रिय गीत बज्न थाल्छ । राहुल गान्धीको कार्यक्रममा नेपाली राष्ट्रिय गीत कसरी बज्न पुग्यो भन्नेबारे औपचारिक रुपमा केही खुलाइएको छैन । यद्यपि यो विषयले अहिले सामाजिक सञ्जालमा भने निकै चर्चा पाएको छ ।
Congress party can fail Rahul Gandhi even with his Audience Poll lifeline in KBC. pic.twitter.com/9IbCxqPNhZ
— Yo Yo Funny Singh (@moronhumor) November 16, 2022