• फाल्गुन २७ २०८२, बुधबार

चिनियाँ राष्ट्रपति सीसँगको भेटपछि बाइडेनले भने- चीनसँग अब ‘नयाँ शीतयुद्ध’ हुँदैन

कार्तिक २९ २०७९, मंगलवार

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको शान्तिपूर्ण भेटपछि चीनसँग ‘नयाँ शीतयुद्ध’ नहुने वाचा गरेका छन्।

उनले चीनले ताइवानमाथि आक्रमण गर्नेमा आफूलाई विश्वास नभएको बताए । बाइडेनले पदभार ग्रहण गरेपछि दुई महाशक्ति राष्ट्रहरुको नेताहरू बीच यो पहिलो भेट हो ।

इन्डोनेसियाको टापुमा भएको जी २० शिखर सम्मेलनको एक दिनअघि बालीमा भएको भेटमा दुवैले उत्तर कोरिया र रुसले युक्रेनमाथि गरेको आक्रमणबारे पनि छलफल गरेका थिए। दुवैले युक्रेनमा आणविक हतियारको प्रयोगको विरोध गरेको बताएका छन् । सो भेटमा चिनियाँ राष्ट्रपति सीले रुसी राष्ट्रपति पुटिनलाई वार्ता गर्न आफूले आग्रह गरेको बताए । सीले “जटिल समस्याको कुनै सरल समाधान” नभएको भन्दै रुसले अब शान्तिपूर्ण वातावरण बनाउन चीनले आह्वान गरेको दोहोर्याए।