काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनिफिङले अमेरिकी समकक्षी जो बाइडेनलाई ताइवान मामिलामा सीमारेखा पार नगर्न चेतावनी दिएका छन् ।
बालीमा भएको तीन घण्टा लामो कुराकानीमा सीले सो चेतावनी दिएका हुन् । ‘चीनको केन्द्रीय हितको पनि केन्द्रमा ताइवानको प्रश्न छ र चीन–अमेरिका सम्बन्धको राजनीतिक आधार ताइवान नै हो । यो त्यस्तो पहिलो रेड लाइन हो, जसलाई कदापि पार गरिनु हुँदैन,’ चिनियाँ विदेश मन्त्रालयले सीलाई उदृत गरेको छ, ‘चीनलाई ताइवानबाट अलग गर्न खोज्ने जो कोहीले चिनियाँ राष्ट्रको आधारभूति हित उल्लंघन गर्छ। चिनियाँ जनताले त्यस्तो कदापि हुन दिने छैनन्।’