एजेन्सी । फिफा विश्वकपको ट्रफी सोमबार कतार पुगेको छ।
फिफा विश्वकप २०२२ सुरु हुनुभन्दा एक साताअघि विश्वकपको ट्रफी पनि कतार पुगेको हो। एकमात्र सुनको वास्तविक फिफा वल्र्ड कप ट्रफी यसअघि विश्व भ्रमणमा थियो।
यो ट्रफी विभिन्न ५१ मुलुकमा पुर्याइएको थियो। कोकाकोलाले सुरु गरेको विश्वकप ट्रफीको विश्व भ्रमण गत मे महिनामा दुबईबाट सुरु भएको थियो। यो ट्रफी सोमबार कतारको दोहा आउनुभन्दा पहिला साउदी अरेबियाको इथ्रा सहरमा देखाइएको थियो।
कतार विश्वकप २०२२ की महाप्रबन्धक नाजिल बेबेरोग्लुले विश्वकपको ट्रफी कतार आइपुग्नु सबैको लागि खुसीको कुरा भएको बताइन्। अहिले कतार पुगेको विश्वकपको ट्रफी फाइनल खेलसम्म फिफा र डेलिभरी एण्ड लिगेसीका सर्वोच्च कमिटीको निगरानीमा राखिनेछ।
फाइनल खेल जित्ने टोलीलाई उक्त ट्रफी हस्तान्तरण गरिनेछ।