काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी जिनपिङले इण्डोनेसियाको राजधानी बालीमा भेटवार्ता गरेका छन् । भेटवार्तापछि चीनका शीले दुई देशको यो सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको बताए ।
जिले भने,‘राष्ट्रपतिलाई भेटेर राम्रो लाग्यो । पछिल्लो पटक हामी दावोसमा पाँच वर्ष अघि भेटेका थियौँ । तपाईं राष्ट्रपति भएदेखि हामीबीच अनलाइनमा कुराकानी भइरहेको छ तर भेटेरै कुरा गर्नुभन्दा राम्रो केही हुन सक्दैन । आज हामी आमने सामने भेटेका छौँ ।’
‘हामीले अनुभवबाट सिकेका छौँ । इतिहासको किताबभन्दा राम्रो किताब अरू छैन । इतिहासलाई ऐनाको रुपमा लिनुपर्छ ।’ ‘अहिले अमेरिका र चीनबीचको सम्बन्ध यस्तो अवस्थामा छ जब हामी धेरै होसियार हुनुपर्छ, दुई ठूला देशका नेताका रूपमा हामीले सही निर्णय लिनुपर्छ । हामीले द्विपक्षीय सम्बन्धको लागि सही दिशा खोज्नुपर्छ ता कि हामी हाम्रो सम्बन्धलाई अगाडि बढाउन र यसलाई सुधार गर्न सक्छौँ ।’