• मंसिर १२ २०८१, बुधबार

नेपाललाई युएईको २ सय ६४ रनको लक्ष्य

कार्तिक २८ २०७९, सोमबार

काठमाडौं । रोहन मुस्ताफाको अर्धशतक मद्दतमा युएईले पहिलो एक दिवसीय खेलमा नेपालामु जितका लागि २ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि आएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६३ रन बनाएको छ । नेपालका गुल्सन झाले २ तथा सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

७७–२ को स्थितीमा ब्याटिङका लागि आएका मुस्ताफा ७३ बलमा ७ चौका मद्दतमा ५३ रन बनाए । त्यस्तै ओपनर ओपनर अरविन्द ४० रन बनाए ।

अरविन्दले पहिलो विकेटका लागि अर्को ओपनर मुहामेद वासिमसँग ७५ रनको साझेदारी गरेका थिए । वासिमले ४१ कलमा ६ चौका र १ छक्का मद्दतमा ४४ रन जोडे ।