काठमाडौं । नेपाल स्टक एक्सचेन्जको पुरानो वेबसाइट शुक्रबारबाट बन्द भएको छ। नेप्सेले सूचना जारी गर्दै नेप्सेको पुरानो वेबसाइट https://nepalstock.com/ मा अब उप्रान्त कुनै पनि तथ्यांकहरू अद्यावधिक नहुने जनाएको हो।
यससँगै अब नेप्सेको नयाँ वेबसाइट https://www.nepalstock.com.np आज अर्थात आइतबारबाट पूर्णरुपमा सञ्चालनमा आउने छ। हालसम्म परीक्षणका रूपमा सञ्चालन गरिँदै आएको नेप्सेको नयाँ वेबसाइट आइतबारबाट सञ्चालनमा आउन लागेको हो। कार्तिक २७ गतेपछि सूचीकृत सम्पूर्ण कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेवसाइटबाट मात्रै सार्वजनिक हुने र पुरानो वेबसाइट अन्तर्गतका सम्पूर्ण लगइन आइडी खारेज हुने नेप्सेले जनाएको छ।
नयाँ वेबसाइट पूर्ण रुपमा सञ्चालनमा आउन लागेकोले नेप्सेले यसअघि नै सम्पूर्ण सुचीकृत कम्पनीहरुलाई नयाँ वेबसाइटको लागि लगइन आईडी लिनको लागि आग्रह गरेको थियो।
नेप्सेका अनुसार कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेवसाइटबाट सार्वजनिक गर्नका लागि सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नेप्सेको नट्सको लगईन आइडी अनिवार्य चाहिन्छ।