• मंसिर १२ २०८१, बुधबार

सन् २०२६ मा यु-१९ क्रिकेट विश्वकप नेपालले आयोजना गर्ने

कार्तिक २७ २०७९, आईतवार

काठमाडौं । सन् २०२७ मा यु १९ क्रिकेट विश्वकप नेपालले आयोजना गर्ने भएको छ । नेपालले पहिलो पटक महिला क्रिकेटतर्फ विश्वकप आयोजना गर्ने भएको हो । बंगलादेशसँग मिलेर नेपालले सन् २०२७ मा हुने यू(१९ महिला टी(२० विश्वकप संयुक्त रुपमा आयोजना गर्ने मौका पाएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आइतबार सन् २०२७ मा यू(१९ विश्वकप आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको हो । जसमा नेपालले बंगलादेशसँग मिलेर यू(१९ महिला टी२० विश्वकपको आयोजना गर्नुपर्नेछ ।

यस्तै २०२४ को यू(१९ पुरूष विश्वकप श्रीलंका, सन् २०२६ को पुरूष यु १९ विश्वकप जिम्बावे र नामिबियाले आयोजना गर्नेछन् । यस्तै सन् २०२५ को यू१९ महिला विश्वकप मलेसिया र थाईल्यान्डले आयोजना गर्दा सन् २०२७ को यु(१९ महिला टी२० विश्वकप बंगलादेश र नेपालले आयोजना गर्ने भएका हुन् ।

नेपालले पहिलो पटक कुनै पनि विश्वकप आयोजना गर्ने मौका पाएको हो ।