काठमाडौँ । पाकिस्तान र इंग्ल्यान्डबिच आइतबार (आज) टी-२० विश्वकपको फाइनलमा प्रतिस्पर्धा हुँदै छ ।
उनीहरूले मिलेर प्रतियोगितामा पाँच सय १० रन बनाइसकेका छन् । उनीहरूले एक सय ७० रनको साझेदारी गर्दा सेमिफाइनलमा भारतलाई १० विकेटले हराएर इंग्ल्यान्डले फाइनल यात्रा तय गरेको थियो । इंग्लिस टोलीमा नवौँ नम्बरमा क्रिस बोक्स ब्याटिङ गर्न आउँछन्, जो अलराउन्डर हुन् ।
त्यसैले इंग्ल्यान्डलाई पाकिस्तानी बलरहरूको डर छ । इंग्लिस कप्तान जोस बटलरले पाकिस्तानी फास्ट बलरहरूको प्रशंसा गरेका छन् । ‘उनीहरू निकै उत्कृष्ट टिम हुन् र तीव्र गतिका उत्कृष्ट बलर जन्माएको लामो इतिहास उनीहरूसँग छ,’ उनले भने, ‘आइतबार पनि उनीहरू सशक्त रूपमा प्रस्तुत हुनेछन् । फाइनल खेलको मज्जा नै यही हो ।’
यता, पाकिस्तानी कप्तान बाबर आजमले इंग्लिस ब्याट्सम्यानहरूको प्रशंसा गरेका छन् । ‘भारतविरुद्ध हासिल गरेको १० विकेटको जित नै उनीहरू कति बलिया छन् भन्ने प्रमाण हो । तर, हामीलाई हाम्रो घातक बलिङमा विश्वास छ,’ उनले भने ।
वर्षाको डर
नेपाली समयअनुसार १ः४५ बजे सुरु हुने यस खेलका लागि सबै टिकट बिक्री भइसकेको छ । ९० हजार दर्शकले हेर्ने अनुमान गरिएको यो खेल वर्षाले बिथोलिने चिन्ता पनि उत्तिकै छ । मेलबर्नको मौसम अनिश्चित हुने भएकाले पनि फाइनल बिथोलिन सक्ने चिन्ता देखिएको हो ।
वर्षा भइहाले पनि फाइनल खेल खेलाउनका लागि हरेक प्रयत्न भने हुनेछ । ओभर छोट्याएर भए पनि खेल खेलाउने हुन सक्छ । कम्तीमा १० ओभरको खेल पनि हुन सक्छ ।