• फाल्गुन २७ २०८२, बुधबार

चर्चित टिभी अभिनेता सूर्यवंशीको जिम गर्दागर्दै निधन

कार्तिक २५ २०७९, शुक्रबार

काठमाडौं । टिभीका चर्चित अभिनेता सिद्धान्त विर सूर्यवंशीको मृत्यु भएको छ । ४६ वर्षका उनको शुक्रबार बिहान जिममा वर्कआउट गरिरहेका बेला उनको निधन भएको हो ।

तुरुन्त अस्पताल लगिएको थियो जहाँ उनलाई मृत घोषित गरियो । राजु श्रीवास्तव र दिपेश भानपछि जिममा वर्कआउट गरिरहेका बेला मृत्यु हुने अभिनेतामा उनी तेस्रो हुन् । अभिनेता सिरियल ‘कुसुम’, ‘वारिस’ र ‘सूर्यपुत्र करण’ का लागि निकै चर्चित छन् । टिभी अभिनेता जय भानुशालीले यसबारे पुष्टि गरेका हुन् ।

सिद्धान्त विरले श्रीमती अलिसिया राउत र दुई सन्तानलाई छोडेर यो धर्तीबाट बिदा भएका छन् । फिटनेसका लागि सिद्धान्त निकै सतर्क थिए । सिद्धान्त विर सूर्यवंशीको नीजि जीवन निकै विवादास्पद रह्यो । पहिला उनले इरा नामकी युवतीसँग विवाह गरेका थिए तर सन् २०१५ मा उनको सम्बन्ध विच्छेद भयो ।

त्यसको दुई वर्षपछि सिद्धान्त दोस्रो पटक प्रेममा परे । पहिलो विवाहबाट उनका एक छोरी छन् । दोस्रो विवाहबाट उनका एक छोरा छन् । यी दुईको देखभाल सिद्धान्त र अलिसिया मिलेर गरिरहेका थिए ।