काठमाडौं । प्रभु बैंकले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउन भिसा इन्टरनेशनलको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुआत गरेको छ।
यो सेवामार्फत् विदेशबाट यस बैंकका भिसा डेविट ग्राहकलाई बिना झन्झट, सरल र सहज तरिकाले रेमिट्यान्स पठाउने व्यवस्था गरिएको बैंकले जनाएको छ।
यो सेवा अन्तर्गत भिसा डाइरेक्टमा सहभागी भएका १८० भन्दा बढी देशबाट नेट बैंकिङ, मोबाइल वा एटीएममार्फत् बैंकद्वारा जारी गरिएको १६ अंककफ भिसा कार्ड नम्बरमा विश्वको जुनसुकै स्थानबाट पनि नेपालमा रकम पठाउन सकिनेछ।
बैंकले सञ्चालनमा ल्याएको भिसा डाइरेक्ट रेमिट्यान्स सेवा उपभोग गरी भिसा डेविट कार्डका ग्राहकले अधिकत लाम लिने बैंकले विश्वास लिएको छ।