काठमाडौं । फिफा विश्वकप दोस्रो पटक एसियामा हुँदै छ। एसियाको सानोमध्ये एक कतारले आयोजना गर्न लागेको विश्वकप मंसिर ४ गतेदेखि सुरु हुँदैछ।
यसअघि सन् २००२ मा जापान र दक्षिण कोरियाले एसियामा विश्वकप आयोजना गरेका थिए। सन् १९३० मा भएको फिफा विश्वकप २०२२ सम्म आइपुग्दा फिफाले अफिसियल पोस्टर सार्वजनिक गर्दै आएको छ।
हरेक विश्वकपमा आयोजक राष्ट्रको पहिचान र संस्कृतिलाई पनि ख्याल गरेर फिफाले पोस्टर बनाउँदै आएको छ।