मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन गइरहेको छ । सो निर्वाचनमा एकातर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी छन् भने अर्कोतर्फ नेकपा एमाले, जसपा र राप्रपा एक ठाउँमा उभिएर निर्वाचनमा होमिएका छन् । दुई गठबन्धनका उम्मेदवार देशभर प्रतिस्पर्धामा उत्रिएका छन् ।
यसै सिलसिलामा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख स्वकीय सचिव भइसकेका नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य जोखबहादुर महरा रोल्पा निर्वाचन क्षेत्र क प्रदेशबाट उम्मेदवार छन् । कांग्रेससँगको गठबन्धनमा महरा रोल्पा प्रदेश क बाट प्रदेश सभाका लागि उम्मेदवार बनेका छन् । उनै महरासँग गोलखबरले चुनाव केन्द्रित भएर गरेको कुराकानीको सारसंक्षेप
तपाई अहिले रोल्पाको प्रदेश (क) बाट चुनावी मैदानमा हुनुहुन्छ । तपाईका मुख्य एजेण्डा के–के हुन् ?
पहिलो कुरा त गठबन्धनले अगाडि सारेको संविधानको रक्षा र राजनीतिक स्थिरता र समृद्धिको दिशामा अगाडी बढ्ने नै हो । त्यस्तै रोल्पा जिल्लामा पूर्वाधार विकासमा नयाँ मोडलले अगाडी लैजाने, कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने, कृषकहरुले उत्पादन गरेका उपजलाई बजार व्यवस्थापनमा सहयोग गर्ने लगायतको योजना मैले चुनावी एजेण्डामा समेटेको छु । साथै यो ठाउँमा रोजगार सिर्जना गर्ने, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा काम गर्ने योजना मेरो छ ।
कृषिलाई बजारीकरण गर्ने योजना त बनाउनु भएको रहेछ तर, त्यसका लागि तपाईको क्षेत्रमा सबै गाउँपालिकामा सडक सञ्जाल र पूर्वाधार विकास निर्माण पूरा नभई कसरी सम्भब होला ?
पहिला पूर्वाधार निर्माण नगरी त्यो सम्भव छैन । त्यसैले पहिलो प्राथमिकता कृषि सडक निर्माण र स्तरोन्नती गर्ने, सडक पूर्वाधार नपुगेको ठाउँमा सडक पु¥याउनका लागि मेरो जोड हुनेछ । सँगै किसानले उत्पादन गरेको उपजलाई सहज हिसावले बजारमा विक्रि वितरण गर्ने वातावरण मैले बनाउने छु ।
यसअघि पनि रोल्पाबाटै निर्वाचित भएका जनप्रतिनिध प्रधानमन्त्री, मुख्यमन्त्री भइसक्नुभयो, संघीय सरकारमा मन्त्रि पटक–पटक भइसके तर, शिक्षा र स्वाथ्य लगायत विकास निर्माणमा पछि परियो भन्ने जनगुनासो छ नि ?
एउटा कुरा त रोल्पा भौगोलिक हिसाबले पनि पछाडि परेको क्षेत्र हो । त्यसपछि राज्यको साधनस्रोतमा गणतन्त्रअघि पछाडि थियो । गणतन्त्र स्थापनापछि केन्द्रिय सरकारमा माओवादी पार्टीबाट रोल्पाले प्रतिनिधित्व गरेसँगै राज्यको साधनस्रोतको उपयोगमा संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारबाट विकास निर्माणकाको कामहरु निरन्तर भइरहेका छन् ।
रोल्पामा गणतन्त्र आइसकेपछि हरेक मोडहरुमा सडकहरु बनेका छन् । ति सडकको स्तरोन्तीको काम बाँकी छन् । विद्युतीकरणको काम तिव्रताका साथ अगाडि बढिरहेका छन् । धेरै ठाउँमा विजुली पुगिसकेका छन् । स्कुल भवन, स्वास्थ्य चौकीहरु निर्माण भइरहेका छन् । संघबाटै पहलबाट त्यो काम यहाँ भइरहेको छ । त्यस्तै प्रत्येक घरमा एक घर एक धाराको कार्यक्रम भइरहेको छ । हरेक घरहरु खरको छानाबाट टिनको छाना बनाउने काम भइरहेका छन् । यसरी हेर्दा विकास निर्माण भएकै छैन भन्न मिल्दैन ।
रोल्पा आफैमा एउटा जनयुद्धको उद्गमथलो पनि हो । त्यहाँबाट १० वर्षको युद्धको क्रममा धेरैले ज्यान गुमाए, कतिपय घाइते छन्, कति अझै बेपत्ता पनि छन्, उनीहरुका लागि तपाईको पार्टीले के योजना ल्याएको छ ?
हो, तपाईले भनेको कुरामा हामीले अहिले शिक्षा, रोजगार र स्वाथ्यमा सबैलाई कसरी समेट्न सकिन्छ भनेर योजना बनाएका छौ । जस्तो उनीहरुका लागि रोजगारी सिर्जना गर्ने, शहीद तथा घाइते भएकाहरुको परिवारका छोराछोरीलाई उच्च शिक्षासम्म निःशुल्क दिने योजना हामीले बनाएका छौ । जसका लागि संघीय सरकारबाटै उनीहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सिर्जना गरिनेछ । प्रदेशबाट हुने काममा हामीले पहिलो प्राथमिकतामा शहीद परिवार र घाइते अपांग भएकाहरुलाई राख्नेछाैँ ।
तपाईले रोल्पाबाट विजयी भएपछि के–के योजना बनाउनुभएको छ ? तपाईको व्यक्तिगत एजेण्डा र गर्नुपर्ने काम बारे बताइदिनुस् न ?
हामी अहिले रोल्पाको प्रत्येक घरमा घरदैलो कार्यक्रम गरिरहेका छौ । पहिला यहाँको स्थानीय आवश्यकता के छ त्यो पहिचान गर्छौ । फलानोले यस्तो ग¥यो र अर्कोले यस्तो ग¥यो भन्दा पनि आम जनताको भावना र उनीहरुको समस्यालाई एकीकृत रुपमा समाधान गर्नका लागि हामी पहल गछौँ ।
अन्तमा तपाईको भन्नु केही छ कि ?
हामीले प्रतिगमनलाई परास्त त ग¥र्यौ अझै पनि प्रतिगमनकारी शक्ति बाँकी रहेकाले त्यस्तो शक्तिलाई पराजित गर्नका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्न चाहन्छु । देशको संविधान रक्षा र प्राप्त उपलब्धीको रक्षाका लागि सबै मतदातालाई गठबन्धनका उम्मेदवारको पक्षमा उभिन र मतदान गर्न आग्रह गर्दछु ।