• फाल्गुन २७ २०८२, बुधबार

युक्रेनविरुद्ध लड्न रुसलाई हतियार पठाएको अमेरिकी आरोप उत्तर कोरियाद्वारा अस्वीकार

कार्तिक २२ २०७९, मंगलवार

काठमाडौं । उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धका लागि रुसलाई तोपखाना गोला र गोलाबारुद पठाएको अमेरिकी आरोपलाई अस्वीकार गरेको छ ।

उत्तर कोरियाले दर्जनौं हतियार परीक्षणहरू गरेको, छोटो दूरीका क्षेप्यास्त्रहरू (आणविक–हतियार) एक अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल अमेरिकी मुख्य भूमिलाई लक्षित गरी आक्रमण गरेको भन्ने आरोपको पनि अस्वीकार गरेको छ ।

प्योङयाङले क्षेप्यास्त्र र तोपखानाको परीक्षण गरिरहेको र आवश्यक परे दक्षिण कोरिया र अमेरिकी लक्ष्यहरूमा ‘निर्दयतापूर्वक’ प्रहार गर्न सक्ने बताएको छ । उत्तर कोरियाले हालैका वर्षहरूमा पुरानो सहयोगी रुसलाई सहयोग गर्दै आएको छ । युक्रेनमा रुसले कब्जा गरेको क्षेत्रको पुनर्निर्माणमा मद्दत गर्न कामदार पठाउने संकेत पनि उत्तर कोरियाले दिएको भिओएन्यूजडटकमले जनाएको छ ।

यता, अमेरिकाले विश्वको सबैभन्दा धेरै हतियार भएको देश उत्तर कोरियाले युक्रेनमा सकिएको रुसी हातहतियारको भण्डारलाई पुनःपूर्ति गर्न सोभियत युगको गोलाबारूद जस्तै आर्टिलरी गोलाहरू आपूर्ति गरेको आरोप लगाएको लगाउँदै आएको छ ।

गत हप्ता रुसले करिब साढे दुई वर्षपछि सीमा नाका खोल्दै उत्तर कोरियाली नेता किम जोङ उनलाई ३० वटा राम्रो नश्लको घोडा रेलबाट पठाएको थियो ।