काठमाडौं । अफगानिस्तानको सेनाले पूर्वी नान्गाहार प्रान्तमा पाँच अपहरणकारीहरूको समूहलाई पक्राउ गरी एक व्यक्तिलाई बन्धकबाट उद्धार गरेको छ । त्यहाँको प्रान्तीय प्रशासनले सोमबार जारी गरेको विज्ञप्तिमा यस्तो कुरा बताइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा बलले आइतबार एक गिरोहको कब्जाबाट हातहतियार र गोलीबारुदका साथै तीनवटा सवारी साधन समेत बरामद गरेको छ ।’
राजधानी काबुलमा यस्तै अपरेसनमा सुरक्षाकर्मीहरूले दुई महिना अघि पाँच व्यक्तिको अपहरण र उनीहरूको परिवारबाट फिरौती असुल्ने आठ अपहरणकारीहरूको समूहलाई पक्राउ गरेको थियो । सिन्ह्वा