काठमाडौं । स्वतन्त्र भारत अर्थात् ‘आजाद भारत’का पहिलो मतदाता श्यामशरण नेगीको निधन भएको छ।
हिमाचल प्रदेशको किन्नौर निवासी नेगीको आज बिहान १०५ वर्षको उमेरमा निधन भएको हो। भारतीय लोकतन्त्रमा जिउँदो इतिहासको रुपमा नेगीलाई मानिन्थ्यो।
उनले स्वतन्त्र भारतको पहिलो मतदाताको रुपमा सन् १९५१ को २५ अक्टुबरमा मतदान गरेका थिए। उनको निधनमा हिमाञ्चल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले दुःख व्यक्त गरेका छन्।