काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई मार्ने षड्यन्त्र गरिएको दाबी गरेका छन् ।
बिहीबार गोली प्रहारबाट घाइते भएका खानले आज राष्ट्रका नाममा सम्बोधन गर्दै आफूलाई मार्ने योजना बनाइको बारे पहिले नै थाहा भएको समेत बताएका छन् ।
सम्बोधनका क्रममा उनले आफूलाई बाहिर नजान सल्लाह दिइएको पनि दाबी गरेका छन् । साथै उनले आफूलाई चारवटा गोली लागेको पनि बताएका छन् । प्रत्येक खुट्टामा दुई-दुई गोली लागेको उनको भनाइ छ ।
‘प्रत्येक खुट्टामा दुई-दुईवटा गोली लागेको छ । हामीले चारवटा गोली निकाल्यौँ । कुनै गम्भीर चोट लागेको छैन,’ खानको उपचारमा संलग्न चिकित्सकले भनेका छन् । खानले आफू निको भएपछि फेरि सडकमा आउने बताएका छन् ।