• फाल्गुन २७ २०८२, बुधबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार, के छ पछिल्लाे अवस्था ?

कार्तिक १७ २०७९, बिहीबार

काठमाडौँ । पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खानमाथि एक व्यक्तिले गोली चलाएका छन् । जियो न्यूजका अनुसार पाकिस्तानको गुजरनवालाको अल्लाहवाला चोकमा मार्चका क्रममा एक व्यक्तिले इमरान खानको कन्टेनरमा गोली चलाएका हुन् ।

ति व्यक्तिले ५ देखि ६ राउण्ड गोली प्रहार गरेको बताइएको छ, जसमा धेरै पीटीआई नेताहरु घाइते भएका छन् । रिपोर्टका अनुसार यस हमलामा इमरान खान पनि घाइते भएका छन् । उनीसहित उनको पार्टी पीटीआईका अन्य नेताहरुपनि घाइते भएको बताइएको छ ।

इमरान खानलाई बुलेटप्रुफ कारमा अस्पताल लगिएको छ भने आक्रमणकारी पक्राउ परेका छन् । घटनामा एक जना पिटिआइका एक कार्यकताको मृत्यु भएको छ । अहिले इमरान खानलाई अस्पताल लागिएको मिडिया रिपोर्टमा बताइएको छ । खरीबोट