काठमाडौं । मदर टेरेसा (२६ अगस्ट, १९१० ( ५ सेप्टेम्बर, १९९७) को जन्म आञेजा गोंजे बोयाजिउको नामबाट एक अल्बेनीयाई परिवारमा उस्कुब, अटोमन साम्राज्य (आजको सोप्जे, मेसेडोनिया गणराज्य)मा भएको थियो। मदर टेरसा रोमन क्याथोलिक नन थिईन, जसको साथ भारतीय नागरिकता थियो। उनले सन् १९५० मा कोलकातामा मिशनरीज अफ च्यारिटीको स्थापना गरिन। ४५ वर्षसम्म गरीब, बिरामी, अनाथ, र मर्न लागेका मानिसहरूको मद्दत गरिन र मिशनरीज अफ च्यारिटी प्रसारलाई पनि मार्ग प्रशस्त गरिन।
सन् १९७० सम्म उनी गरिबहरू र असहायहरूको लागि आफ्नो मानवीय कार्यहरूको लागि प्रसिद्ध भईन, माल्कोम मुगेरिजको थुप्रै वृत्तचित्र र पुस्तक जस्तो समथिंग ब्यूटीफुल फर गोडमा यसको उल्लेख गरियो। उनलाई १९७९मा नोबेल शान्ति पुरस्कार र १९८०मा भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न प्रदान गरियो। मदर टेरेसाको जीवनकालमा मिशनरीज अफ चेरिटीको कार्य लगातार विस्तृत भैरह्यो र उनिलाई मृत्युको समय सम्म उनी १२३ देशमा ६१० मिशन नियन्त्रित गरिरहेकि थिईन। यसमा एचआईभि र एड्स, कुष्ठ र तपेदिकको रोगीहरूको लागि धर्मशाला र घर शामिल थिए, र साथै सूप भान्सा, बच्चाहरू र परिवारको लागि परामर्श कार्यक्रम, अनाथालय र विद्धालय पनि थिए। मदर टेरसाको मृत्यु पछि उनलाई पोप जन पल द्वितीयले धन्य घोषित गरियो र उनलाई कोलकाताको धन्यको उपाधि प्रदान गरिएको थियो ।
१– रोटीको भन्दा प्रेमको भोक मेटाउन धेरै कठिन हुन्छ ।
२– शान्ति मुस्कानबाट सुरूवात हुन्छ ।
३– हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।
४– प्रेम सबैले टिप्नसक्ने सदावहार फल हो ।
५– सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो ।
६– विश्व शान्तिका लागि तिमीले के गर्न सक्छौ ? घर गएर आफ्नो परिवारलाई माया गर्न ।
७– हामीसँग शान्ति छैन किनभने हामीले यो विर्सियौं की हामी एक अर्काका लागि हौं ।
८– यो जीवन अरूको लागि होइन भने यो जीवन नै होइन ।
९– यदि तिमीले व्यक्तीलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न विर्सन्छौ ।
१०–यदि तिमीले सय जनालाई खुवाउन सक्दैनौ त एक जनालाई खुवाउ ।