• मंसिर १२ २०८१, बुधबार

मिस अर्जेन्टिना र मिस पोर्टो रिकोले गरे विवाह

कार्तिक १७ २०७९, बिहीबार

एजेन्सी । मिस अर्जेन्टिना मारियाना भारेला र मिस पोर्टो रिको फाबियोला भ्यालेन्टाइनले विवाह गरेका छन्। पछिल्लो दुई वर्षदेखि दुवैले एकअर्कालाई डेट गरिरहेका थिए।

मारियाना भेरेला र फाबियोला भ्यालेन्टाइन पहिलो पटक २०२० मा मिस ग्रान्ड इन्टरनेशनलको समयमा भेटेका थिए। त्यसयता दुवै एकअर्काको सम्पर्कमा र डेटिङमा थिए। अक्टोबर २८ मा उनीहरूले विवाह गरेका हुन्। उनीहरूले इन्स्टाग्राममार्फत् विवाह गरेको खुलासा गरेका हुन्।