• फाल्गुन २७ २०८२, बुधबार

उत्तर कोरियाले प्रहार गरेको ब्यालिस्टिक क्षेप्यास्त्र जापानी क्षेत्र पार, वासिन्दालाई घरभित्रै बस्न चेतावनी

कार्तिक १७ २०७९, बिहीबार

एजेन्सी । उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । क्षेप्यास्त्रले प्रशान्त महासागरतर्फ जापानको क्षेत्र पार गरिसकेको जापान सरकारले जनाएको छ ।

बिहीबार जारी गरिएको जे–अलर्ट आपतकालीन प्रसारण प्रणालीअनुसार जापानको सरकारले उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणपछि मियागी, यामागाटा र निगाटा प्रान्तका बासिन्दाहरूलाई घरभित्रै बस्न आग्रह गरेको छ ।

उत्तरले प्रहार गरेको क्षेप्यास्त्र प्रहारबारे थप विवरण आउन बाँकी नै छ ।