• मंसिर १३ २०८१, बिहीबार

डेंगु संक्रमणले लियो पत्रकार अधिकारीको ज्यान

कार्तिक १६ २०७९, बुधबार

काठमाडौं । लमजुङमा एक जना पत्रकारको डेंगु सङ्क्रमणबाट मृत्यु भएको छ । बुधबार उपचारका लागि चितवन लैजाने क्रममा बाटोमै पत्रकार चाँदनी अधिकारीको मृत्यु भएको हो ।

२२ वर्षीया अधिकारी माओवादी निकट प्रेस सेन्टर लमजुङकी सचिव थिइन् । उनको डेंगु सङ्क्रमणबाट मृत्यु भएको प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेलले बताए । उनका अनुसार अधिकारी रेडियो भोटे ओडारमा समाचार वाचिकाका रुपमा कार्यरत थिइन् ।