• मंसिर ७ २०८१, शुक्रबार

नासाले कसरी खिच्यो सूर्य मुस्कुराइरहेको तस्बीर ?

कार्तिक १४ २०७९, सोमबार

काठमाडौं । अन्तर्राष्ट्रिय स्पेस एजेन्सी नासाको स्याटलाइटले खिचेको सूर्यको तस्वीर ट्रेन्डिङमा छ । नासाले आफ्नो ट्वीटर ह्यान्डलबाट सार्वजनिक गरेको तस्वीरमा सूर्य मुस्कुराइरहेको देखिएको भनेपछि चर्चामा आएको हो ।

“आज नासाको सोलार डाइनामिक्स अब्जरभेटरीले मुस्कुराउँदै गरेको सूर्य खिचेको छ,” नासाले उक्त ट्वीटमा उल्लेख गरेको थियो । नासाका अनुसार अल्ट्राभाइलेट लाइटमा देखिने कालो धब्बालाई कोरोनल होल भनिन्छ । र, उक्त भाग त्यस्तो क्षेत्र हो, जहाँबाट तीव्र गतिको सोलार बायु अन्तरिक्षमा निस्किन्छ ।