काठमाडौं । ट्वीटरमा ब्लु टिक पाएका प्रयोगकर्ताले अब भने प्रतिमहिना २० डलर (करिब २ हजर ६६० रुपैयाँ) तिर्नुपर्ने भएको छ । प्रयोगकर्ताले उक्त रकम तिरेनन् भने उनीहरूको अकाउन्टबाट ब्लु टिक हटेर जानेछ ।
एलन मस्कले ट्वीटरलाई आफ्नो स्वामित्वमा लिएपछि यस्तो निर्णय गरेका हुन् । ब्लु टिक ट्वीटरको प्रिमियम सेवा अन्तर्गत पर्ने भएकाले उक्त चेक मार्क कायम राख्न प्रयोगकर्ताले मासिक १९.९९ डलर तिर्नुपर्ने हुन्छ ।