काठमाडौं । दक्षिण कोरियाको राजधानी सियोलको एक जिल्लामा भएको भागदौडमा मृत्यु भएका १५० मध्ये करिब ५० जनाको हृदयघात भएको आशंका गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
स्थानीय प्रसारक वाईटीएनका अनुसार सियोलको रात्रिकालीन पर्यटकीय गन्तव्य इटेवोनमा रहेको एक बारमा एक अज्ञात सेलेब्रिटीको कार्यक्रम हेर्न ठूलो संख्यामा भीड जम्मा भएको समय भागदौड मच्चिएको थियो।