काठमाडौं । पहिलो कुरो त स्वास्ध्य नै धन हो । स्वास्थ्य बलियो भयो भने धन जति पनि कमाउन सकिन्छ, यदि स्वास्थ्य ठिक छैन भने आफूसँग भएको धन पनि रोगी शरीरलाई उपचार गर्दा गर्दै सकिन्छ । त्यसकारण हामीले खाने सबै खानपानमा ध्यान पुराउनु पर्छ । कुन खाना कति खाने र कसरी खाने भन्ने विषयमा हामीले लापरवारही गर्नु हुँदैन अझ विभिन्न विरामी भएकाले खानपानमा धेरै नै विचार पुराउनुपर्छ ।
कतिपय मानिसले मिठो भयो भने पेट अघाएपनि खाईरहन्छ जसले उसको शरीरलाई असर गरिरहेको हुन्छ । कतिपय मानिसले अण्डा पनि खान पायो भने जति पनि मन लाग्दी खान्छन् । पछि त्यही बढी खाएको अण्डाले उसको शरीरलाई असर गरेको हुन्छ । खण्डा खान हुने कि नहुने एक दिनमा कति सम्म अण्डा खान मिल्ने कस्ता रोगीले अण्डा खाना नहुने अझ विशेष गरी अण्डाको पहेलो भाग खान हुने कि नहुने जस्ता विषयमा ध्यान पुराउनु पर्दछ ।
अण्डा खानेमध्ये कतिपयले पहेंलो भाग खाँदैनन् । स्वास्थ्यप्रति बढी नै सर्तकता अपनाउनेहरु हुन् वा दीर्घरोगीहरु, अण्डाको पहेंलो भाग खाँदै खाँदैनन्। अण्डाको पहेंलो भाग खाँदा खराब कोलेस्टेरोलको मात्रा बढ्छ ।
खासगरी मुटुरोग लागेकाहरु वा कोलेस्टोरले सताइएकाहरु अण्डाको पहेंलो भाग नखादा उत्तम हुन्छ । अण्डाको पहेंलो भाग खानै हुन्न भन्ने आमधारणा छ त्यो सही होइन । अण्डाको सेतो भागमा प्रोटिन हुन्छ, पहेंलो भागमा फ्याट कोलेस्टेरोल बढी हुने भएकोले उच्च रक्तचाप, कोलेस्टेरोलका बिरामी र मुटुसम्बन्धी बिरामीले भने पहेंलो भाग नखाएको राम्रो हो ।
अण्डाको पहेंलो भागमा फ्याट र कोलेस्टेरोल बढी हुने भएकोले त्यसले उच्च रक्तचापको समस्या झन् बढ्छ । स्वास्थ्यमा कुनै पनि प्रकारको समस्या नभएको व्यक्तिले त अण्डाको पहेंलो भाग खाँदा केही हुँदैन । कोलेस्टेरोल, उच्च रक्तचाप, मुटुको समस्या र मिर्गौलाको समस्या भएका व्यक्तिले अण्डाको पहेंलो भाग खानु उचित हुँदैन । खाँदै नखाने भन्दा पनि एकदम कम मात्रामा खानु राम्रो हो ।
यस्ता समस्या भएका व्यक्तिले अण्डाको पहेंलो भाग सेवन गर्दा समस्या थप बढ्न सक्छन् । अण्डा र मासुमा अमिनो एसिड भन्ने प्रोटिन हुन्छ, जुन प्रोटिन शाकाहारी खानामा पाइँदैन । त्यसैले हप्तामा दुई चोटि मासु वा अण्डा खानामा समावेश गर्नु स्वास्थ्यका लागि राम्रो हो । तर यसको धेरै सेवनले कोलेस्टेरोल, युरिक एसिड बढ्ने र प्रोटिनको मात्रा बढी भएर किड्नीलाई असर गर्ने हुनसक्छ ।
त्यसैले अण्डा खानै नहुने भने होइन, धेरै थोरै कति खाने भन्ने कुरामा चाहिं ध्यान दिनुपर्छ ।शारीरिक रूपमा सक्रिय व्यक्ति र धेरै व्यायाम गर्ने व्यक्तिलाई धेरै प्रोटिनको आवश्यकता पर्छ । त्यसैले पोषणविद् र फिटनेस ट्रेनरले शारीरिक रूपमा सक्रिय व्यक्तिलाई अण्डा खान सुझाउँछन् । अण्डामा खानै नहुने खालको कुनै पनि तत्त्व हुँदैन । तर खान हुन्छ भनेर धेरै मात्रामा सेवन गर्दा भने त्यसले शरीरमा असर गर्छ । दैनिक एउटा अण्डाको सेवनले शरीरमा कुनै प्रकारको असर गर्दैन ।
त्यस कारण अण्डा खादा पनि ध्यान पुराउनु पर्दछ । किन कि स्वास्थ्य रहे मात्र जीवनमा बाँच्नेर आफूले सोचेको काम गर्न सकिन्छ । जे खाँदा पनि त्यसको ध्यान पुराउन सकिएन भने रोग लागेपछि आफ्नै शरीरलाई असर गर्ने गर्दछ । यस्ता जीवनसँग सरोकार राख्ने विषयमा तपाई हामीले ध्यान दिनैपर्छ ।