• फाल्गुन २७ २०८२, बुधबार

बस दुर्घटनामा इजिप्टमा एघारको मृत्यु

कार्तिक ९ २०७९, बुधबार

एजेन्सी । इजिप्टको राजधानी कायरोको उत्तरमा पर्ने डाकाहलिया प्रान्तमा मङ्गलबार भएको सडक दुर्घटनामा परी कम्तीमा पनि ११ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अरु नौ जना घाइते भएका छन् ।

चालकसहित १४ जना बोकेको एउटा मिनीबस राजमार्गको पुलतर्फ जाँदै गर्दा विपरीत सडकबाट निकै तीव्र गतिमा आउँदै गरेको लरीले ठक्कर दिएको डकाहलिया प्रान्तको फेसबुकमा राखिएको एउटा विज्ञप्तिमा जनाइएको छ ।

मृत्यु हुनेहरु सबै एकै परिवारका रहेका छन् । एकै परिवारका छ बालबालिकासहित एघारको मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटनामा घाइते भएका सबैलाई नजिकैको एक सरकारी अस्पतालमा भर्ना गरिएको समाचारमा जनाइएको छ ।