• फाल्गुन २७ २०८२, बुधबार

ह्वाइट हाउसमा मनाइयो हालसम्मकै ठूलो दिपावली कार्यक्रम

कार्तिक ८ २०७९, मंगलवार

काठमाडौं । अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउसमा सोमबार सबैभन्दा ठूलो दिपावली कार्यक्रमको आयोजना गरिएको छ।

जसमा बाइडेन प्रशासनका कैयौं भारतीय–अमेरिकी सहभागी भएका थिए। दिपावलीको अवसरमा ह्वाइट हाउसमा राष्ट्रपति जो बाइडेनले दिपावली मनाउँदै गर्दा थप सम्मानित भएको महशुस गरेको बताएका छन्।

सोमबार ह्वाइट हाउसमा आयोजना गरिएको दिपावलीको कार्यक्रम हालसम्मकै ठूलो रहेको बताइएको छ। बाइडेनले भने, ‘अहिलेसम्मको इतिहासमा हाम्रो प्रशसानमा एशियाई अमेरिकी धेरै छन्। र हामी दिपावलीलाई अमेरिकी कल्चरमा खुशीयालीको हिस्सा बनाउनका लागि तपाईंहरुलाई धन्यवाद प्रकट गर्दछौं।’

एक बिलयनभन्दा बढी हिन्दू, शिख र जैन तथा बौद्ध धर्मावलम्बीलाई दिपावलीको शुभकामना दिँए। उनले कोरोना महामारीदेखि आर्थिक सुधारका लागि दक्षिण एशियाई देशहरुलाई अमेरिकाको साथ सधैं रहने पनि बताएका छन्।