एजेन्सी । अदालतमा मान्छेलाई उपस्थित गराउने गरेको घटना त हामीले सुनेकै छौँ । तर पाकिस्तानको एक अदालतमा गधालाई उपस्थित गराइएकाे छ । २० अक्टोबरमा गधालाई अदालतमा देखेर धेरै मानिस चकित भएका छन् ।
ती गधामाथि के आरोप थियो ? के उनीहरूलाई सुविधाका रूपमा प्रयोग गरिएको हो वा ती कुनै सम्पत्तिका हिस्सा थिए ? यसबारे पनि प्रश्नहरू उठाइएको छ ।
यो घटना पाकिस्तानकाे चित्राल जिल्लाको अदालतमा भएको थियो । यी गधाको प्रयोग खासगरी काठ तस्करीमा भएकाे रहेछ । पाकिस्तानको चित्राल र अर्को उत्तरी क्षेत्रबाट काठ तस्करीको खबर आइरहन्छ । सरकार यसलाई रोक्ने प्रयास पनि गरिरन्छ । तर जंगलबाट रुखहरू तीव्ररूपमा सकिँदै गएका छन् ।
अदालतमा जम्मा पाँच गधालाई पेस गरिएकाे थियाे । चित्रालको दरोस क्षेत्रमा काठ तस्करीमा संलग्न भएको मुद्दामा यी गधा अदालतसम्म ल्याइएका हुन् ।
गधाहरूलाई यो मुद्दामा केस प्रपर्टीका रूपमा उपस्थित गराइएको थियो । र, पेसीपछि तिनलाई वन विभागका अधिकारीको जिम्मा लगाइयो । चित्रालका असिस्टेन्ट कमिसनरले भनेअनुसार, तस्करीमा गधाको प्रयोग फेरिफेरि नहोस् भनेर यसो गरिएको हो । गधाको प्रयोग गर्नेहरू प्रहरी हिरासतमा छन् । (बीबीसी हिन्दी)