• मंसिर १३ २०८१, बिहीबार

डेंगु संक्रमणबाट थप २ को मृत्यु

कार्तिक ३ २०७९, बिहीबार

काठमाडौँ । पछिल्लो चौबिस घण्टामा डेंगु संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै हालसम्म डेंगुबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

यस्तै, थप ७६१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर डेंगु संक्रमितको संख्या ४२ हजार ५०४ पुगेको मन्त्रालयले जनाएको छ ।
गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको प्रकोप देशका सबै जिल्लामा फैलिसकेको छ ।