• मंसिर १७ २०८१, सोमबार

मानिस किन कुकुर पाल्न मन पराउँछन् ?

कार्तिक २ २०७९, बुधबार

पृष्ठभूमि :
कुकुर मानिसका सबैभन्दा नजिकका आज्ञाकारी सहयोगी अनि साथी मानिन्छन् । प्रायजसो साना नानीहरू कुकुरलाई आफ्ना आत्मीय साथी ठान्दछन् ।

कुकुरको स्याहार सुसारमा लाग्दा मानिसको मनोवैज्ञानिक स्वास्थ्यमा सुधार ल्याउँछ । कुकुरको स्याहार सुसारमा संलग्न हुने व्यक्ति शारीरिक रूपमा बढी क्रियाशील रहन्छ ।

कुकुरले मानिसलाई एक्लो, एकान्त र एकाङ्किपनबाट बचाउँछ । कुकुरलाई स्याहार सुसार गर्दा, खेल्दा, डुल्दा रक्तचापजन्य स्वास्थ्य समस्या कमी गराउँछ । मुटुजन्य रोगबाट प्रभावित विरामीलाई फाइदा पुर्‍याउँछ ।

जो मानिसको शल्यक्रिया गरिएको छ, त्यस्ता प्रभावित व्यक्ति यदि कुकुरको समीपमा समय बिताउने गरेको भए कुकुर नपाल्ने भन्दा १ देखि २ वर्ष बढी बाँच्ने गर्दछन् ।

शारीरिक अपांगता भएका व्यक्तिहरूले कुकुरलाई सहयोगीका रूपमा पाल्ने हो भने त्यो कुकुर तपाईको प्रवेश गरेको ६ महिनाभित्र करिव ७० प्रतिशत सहयोगीले गर्ने कुकुरले सहयोग पुर्‍याउँछ ।

शारीरिक अपांगता भएका व्यक्तिहरूलाई कुकुरले आत्मीयता देखाउनुका साथै यसबाट उत्पन्न हुने हीनताबोध कम गराउन मद्दत पुर्‍याउँछ । म बेसाहारा छु भन्ने अनुभूति गर्नुको साटो म आफै सक्षम छु भन्ने आत्मविश्वास जगाउँछ ।

कुकुरको छनौट :

तपाईले पाल्न चाहनुभएको कुकुरको जात, अनि कुकुरको बच्चाको छनौट चनाखो भई गर्नुस् । कसैको भनाइ सुनेर छनौट गरिसकेपछि पशु चिकित्सकसँग परामर्श गर्नु होला ।

यसबारे तपाईको कम्पाउण्ड अवस्थितिअनुसार त्यो कुुकुरका बानिबेहोरा तथा कुकुर सहज रूपमा हुर्किन्छ वा झिजो मान्ला यसबारे उपयुक्त परामर्श तपाईले पाउनु सक्नु हुनेछ ।

तपाईले पाल्ने कुकुर तपाईको घर कम्पाउण्ड अनि तपाईका घरका सदस्य, अनि घरमा भएका अन्य जनावरसँग सजिलै सौहाद्र्रपूर्ण रूपमा तालमेल गर्न सक्ने वातावरण बनाउनु होला ।

यसले गर्दा तपाईले पाल्न ल्याएका बच्चामा डर वा त्रास महसुर नगरी म यहाँ सुरक्षित पनि छु अनि मलाई यहाँको वातावरणमा मलाई कसैले जिस्काउदैन भन्ने विश्वास होस् ।

तपाईको घर परिवारमा ४ बर्ष मुनिका केटाकेटी छन् भने घरमा कुुकुर ल्याएर पाल्ने जमर्काे नगर्नु होला किनभने घरमा पालेको कुकुरको टोकाइको जुठोमा प्रायजसो साना नानीहरूनै पर्ने गर्छन् ।

कुकुरलाई उचित तालिम प्रशिक्षण दिनुहोस् । जस्तै बस, त्यही उभिनु, भो नगर्नु, यता आउ जस्ता गतिविधि बारेमा कुकुरलाई तालिम दिनु होला । अझ हलुका मनोरन्जनमूलक खेल तपाईको कुकुरसँग खेल्ने गर्नुस् ।

हेर्नुृुस्, तपाईको कुकुर कति आज्ञाकारी हुँदोरहेछ । तर कुकरलाई झिझों लाग्ने, उचाल्ने, पछार्ने, घिसार्ने, थिचोर्नेजस्ता खेल वा क्रियाकलाप नगर्नु होला । कुकुरलाई सार्वजनिक स्थालमा डुलाउन लैजादा सिक्रि वा सांलो लगाई लैजानु होला ।

कुकुरलाई सधै स्वास्थ्य अनि तन्दुरूस्त राख्नु होला । यसका लागि रेविज लगायत तपाईको क्षेत्रमा देखा पर्ने संक्रामक सरूवा रोग लसपसबाट सर्ने नपाओस् ।

कुकुरको उमेर अनुसार नियमित काम लगाउनु बेस हुन्छ । जुका, लुतो, दादजन्य रोगको पूर्व नियन्त्रणका लागि बेलाबेलाम औषधि प्रयोग गर्ने/गराउने गर्नु होला ।

जति तपाईको कुकुर यस्ता रोगको अवस्थामा हुन्छन्, त्यति नै आक्रमक अनि किचकिचे हुन्छन् । यसैको आधारमा यी कुुकुरले तपाईका परिवारका सदस्यसँग कस्तो व्यवहार गर्छन् भन्ने एकिन हुन्छ ।

जिम्मेवार कुकुर धनी :

आफ्नो क्षेत्रमा स्थानीय निकाय/समुदायमा कुकुर दर्ता गराई राख्नुस् । कुकुरहरू सामाजिक प्राणी हुन् ।

यिनिहरूसँग बढी भन्दा बढी सामिप्यता राख्नुहोस् । हेला नगर्नुहोस् । एक्लै नछाड्नुहोस् । यस्ता अवस्थामा कुकुरहरूले डरलाग्दा व्यवहार देखाउने गर्छन् ।

कुकुरको परिवार नियोजन/बध्याकरण गर्नुहोस् । किनभने यसो गरिएका कुकुरले टोक्ने, झम्टने र रिसाउनेजस्ता व्यवहार बन्ध्याकरण नगरिएका कुकुरहरू भन्दा तीन गुणा कम गर्छन् ।

(डा. केदार कार्कीको आलेखमा आधारित)