काठमाडौं । जिल्ला प्रहरी कार्यालय लम्जुङको आयोजनामा ६७औँ प्रहरी दिवस मनाइएको छ । कार्यक्रम जिप्रका लम्जुङका प्रहरी नायब उपरिक्षक प्रकाश श्रीमलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
लम्जुङका प्रमुख जिल्ला अधिकारी शुसिल वैद्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहायक प्रजिअ भुमेश्वर पोख्रेल, चण्डीप्रसाद गणका गणपति प्रमुख सेनानी मनोज कार्की, जिल्ला न्यायाधिवक्ता जीवनिधि घिमिरे, जिल्ला समन्वय अधिकारी तुल्सीप्रसाद घिमिरे, कोष तथा लेखा नियन्त्रक कार्यलयका प्रमुख विनोद भट्टराई, बेसिसहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इमनाथ कंडेल, शसस्त्र प्रहरी नायब उपरिक्षक नवीनकुमार अग्रहरी, लम्जुङका प्रमुख अनुसन्धान अधिकृत कुमार बुढाथोकी, जिल्ला अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठ, नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष अनुज अधिकारी, नेपाल पूर्वप्रहरी संगठनका केन्द्रीय सदस्य प्र.ना.नि. वीरसिंह घले, पूर्वप्रहरी संगठनका लम्जुङ जिल्ला अध्यक्ष पूर्व प्रनानी कुलबहादुर गुरुङ, ईलाका प्रहरी कार्यालय भोटेओडारका प्रमुख राजनप्रसाद तिमल्सिना, ईलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमुख लक्ष्मण पचभैया,
त्यस्तै सो अवसरमा लम्जुङ जिल्ला भित्र उत्कृष्ट काम गर्ने प्र.ज/प्र.ह. र जुनियर प्रहरी अधिकृतलाई प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी र सभापति प्रनाउ प्रकाश श्रीमलले दोसल्ला प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका थिए । सो अवसरमा प्रहरी स्मारकमा प्रमुख अतिथि, अतिथि सबै उपस्थित जनसमूहले दिवङ्गत प्रहरीहरुको सम्झना फुलमाला र फुलगुच्छा चढाएका थिए ।
कार्यक्रममा नेपाल पूर्वप्रहरी संगठनका जिल्ला अध्यक्ष र प्रजिअले पनि शुभकामना मन्तव्य दिएका थिए । नेपाली सेनाका भु.पु.प्र.ह लक्ष्मीप्रसाद मिश्रले कविताबाट प्रहरी दिवसलाई शुभकामना दिएका थिए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी, अनुसन्धान अधिकृत नेपाली सेनाका कर्नेल, शसस्त्र प्रहरीका डिएसपी र जिल्लाका वरिष्ठ प्रहरी अधिकृत र भु.पु प्रहरीबिच परिचयात्मक कार्यक्रम तथा पुनर्मिलन सहित सबै भुपुहरुलाई खानाको व्यवस्था गरिएको थियो । कार्यक्रमको संचालन प्रहरी निरिक्षक बुद्धिप्रसाद सुवेदीले गरेका थिए ।