• फाल्गुन २४ २०८२, आईतवार

महिला लङजम्पमा जयरानीको राष्ट्रिय कीर्तिमान

कार्तिक १ २०७९, मंगलवार

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स महिला लङजम्पमा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्।

उनले पोखरा रंगशालामा ५.५८ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन्। उक्त इभेन्टमा यसअघि गत असारमा निशा चौधरीले ५.४७ मिटर जम्प गर्दै शिला चौधरीले २०१८ मा राखेको ५.४५ मिटर जम्पको कीर्तिमानलाई भंग गरेकी थिइन्।