• मंसिर १३ २०८१, बिहीबार

डन्डीफोरबाट जोगिने उपायहरु

आश्विन ३१ २०७९, सोमबार

काठमाडौं । हरेक मानिसलाई आफ्नो अनुहार सुन्दर होस् भन्ने चाहना हुन्छ त्यसैले आफ्नो अनुसार सुन्दर बनाउन मानिसहरु निकै नै संवेदनशील हुने गर्दछन् भने कोही मानिसहरु आफ्नो अनुहारको त्यति ख्याल गर्दैनन् तरपनि समय अनुसार हरेक मानिसले आफ्नो अनुहारको हेरचाह गर्नुपर्छ । आफ्नो छालाको हेरचाह गर्न सकिएन भने अनुहारमा दागधब्बा तथा डन्डिफोर आएर अनुहारको रुप परिवर्तन गरिदिन्छ। यसकारण पनि यस्ता दागधब्बाबाट बच्न समयमै आफ्नो अनुहारको छालाको हेरचाह गर्न सजक हुनुपर्दछ ।

छालामा हुने एक विशेष प्रकारको तैलीय ग्रन्थिका कारण अनुहारमा डन्डिफोर आउँछ । यो ग्रन्थिले एक प्रकारको चिल्लो पदार्थ पैदा गर्छ र छालालाई प्राकृतिक रूपमै कोमल राख्न सहयोग गर्छ । युवा अवस्थामा हर्मोनमा हुने असन्तुलनले छालामा हुने तैलीय ग्रन्थिलाई उत्तेजित पारिदिन्छ । जसलाई बढी प्रभाव पार्छ, उसैलाई बढी डन्डिफोरले सताउँछ । प्रभावस्वरूप सुरुमा हल्का दाग–धब्बाजस्तो देखिन थाल्छ । साथसाथै, धेरै चिल्लोका कारण रौँका छिद्र पनि चौडा हुन थाल्छन् । बिस्तारै दाग गाढा हुन थाल्छ । यसले रौँको छिद्र बन्द गरिदिएपछि छिद्रकै मुखमा गाढा दाग कडा आवरणमा देखिन्छ । यसलाई ‘ह्वाइट हेड’ भनिन्छ । ह्वाइट हेड हावाको सम्पर्कमा गएर अक्सिजनसँग संसर्ग हुँदा कालो हुन थाल्छ । यसले आसपासको छालाको तन्तुमा विकार उत्पन्न गरेर पीडा पैदा गर्छ । यही भागमा बिस्तारै डन्डिफोर बन्छ ।

यस कारणले हाम्रो अनुहारमा डन्डिफोर आउने गर्दछ जसमा हर्मोनमा परिवर्तन तथा खराबीले गर्दा पनि डन्डिफोर आउने गर्दछ त्यसैगरी अनियमित महिनावारी, खराब खानपान, तनाव र अनिद्रा, उत्तेजना, क्रोध र भय,शरीरको फोहोर पसिनाका माध्यमबाट छाला हुँदै बाहिरिनु, लामो समयसम्म कब्जियत लगायतले गर्दा पनि अनुहारमा डन्डिफोन आउने गर्दछ । जसले गर्दा अनुहारलाई कुरुप बनाउन समय लाग्दैन । यदि जोकोहीको अनुहारमा डन्डिफोर खाए के गर्ने भन्ने चिन्ता पनि हुने गर्दछ। यदि अनुहारमा डन्डिफोर आएर सताएको छ भने यसबाट बच्ने केही उपायहरु छन् जसलाई दैनिक व्यवहारमा उतार्न सक्यो भने डन्डिफोरबाट बच्न सकिन्छ ।

डन्डीफोरबाट जोगिने उपायहरु यस प्रकार छन् …..

अनुहार हरदम सफा राख्ने, किनेभने धुलो जमेर छालाको छिद्रमा डन्डिफोर निम्तिन नपाओस् ।सादा पानीले दिनमा ५–६ पटक अनुहार पखाल्नु राम्रो हुन्छ ।डन्डिफोर देख्नुहुन्न, निचोरिहाल्ने धेरैको बानी हुन्छ । यो एकदम गलत काम हो । डन्डिफोर नछुनु नै ठीक हुन्छ ।निम, घ्युकुमारीजस्ता जडीबुटीको फेसप्याकले अनुहार धुँदा डन्डिफोर चाँडो निको हुन्छ र थप आउन पनि रोक्छ ।राति सुत्नुअघि गुलाबजल र चन्दनको पेस्ट बनाएर अनुहारमा लगाउने र केही बेरमा चिसो पानीले पखाल्नाले डन्डिफोरमा राहत मिल्छ ।यसो गर्न सक्यो भने पक्कै पनि डन्डिफोरबाट बच्न सकिन्छ ।