• असार ४ २०८२, बुधबार

सुन तोलामा २ सय रुपैयाँले बढ्यो

आश्विन ३१ २०७९, सोमबार

काठमाडौं । असोज महिनाको अन्तिम कारोबार दिन आज (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य बढेको छ। सोमबार चाँदीको मूल्यमा भने कुनै फेरबदल नआएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको छ। महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार ८०० रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य भने सोमबार पनि आइतबारको जस्तै प्रतितोला १ हजार १६० रुपैयाँ कायम भएको छ।